कोशी ब्यारेज : नेपालले भोगिरहेको भारतको दु:ख
बाँध खोल्न भारतले अटेरी गरिदिँदा पटक-पटक नेपालले ठूलो क्षति ब्यहोर्नुपरेको छ।
२०७७ साउन १६ शुक्रबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

कोशी बाँध (Koshi Barrage) अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो।
यो बाँध नेपाल-भारत सीमाक्षेत्र नजिकको हनुमाननगरबाट डेढ कोश उत्तरतर्फ बनाइएको छ। (Koshi River is also called sorrow of Bihar) कोशी नदीलाई ‘बिहारको दु:ख’ पनि भनिन्छ।
कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर बग्ने गर्थ्यो। तर नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले सन् १९५४ अप्रिल २५ का दिन नेपाललाई कोशी सन्धिमा (Koshi Agreement) हस्ताक्षर गरायो। नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारले यो सम्झौतामा हस्ताक्षर गरेको थियो।
सन् १९५८ देखि सन् १९६२ को बीचमा बनाइएको यो बाँध नेपालमा रहेपनि सम्झौता अनुरूप सय वर्षसम्म भारतको नियन्त्रणमा रहने बताइन्छ। यस कोशी ब्यरेजको (Koshi Barrage Length) कुल लम्बाई ११५० मिटर रहेको छ । यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ। खासगरी यसको अधिकार भारतीय अधिकारीहरुसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन।
ठूलो बाढीपहिरो आउँदा र नेपाली भुमी डुबानमा पर्दा पनि आफ्नै भूमिमा बनाइएको बाँध खोल्न नेपालले सक्दैन। भारतीय पक्षलाई सुचना दिएर मात्र खोल्नुपर्छ। बाँध खोल्न भारतले अटेरी गरिदिँदा पटक-पटक नेपालले ठूलो क्षति ब्यहोर्नुपरेको छ।
कोशी ब्यारेज (Koshi Barrage) क्षेत्र पुग्दा भारतको फाइदाका लागि आफ्नै भूमी र प्राकृतिक स्रोत यो हदसम्म दुरुपयोग गरियो होला भन्ने प्रश्नले बारम्बार उद्वेलित बनाइरहन्छ। भारतले आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरिदिँदा नेपाली किसानका आँखामा आँशुले भरिने गर्छन्, तर यो जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसिरहेको किसानहरू बताउँछन्।
दैनिक हजारौं सवारीसाधन हुने कोशी पुल यतिखेर भने कोरोना महामारी नियनत्र्णका लागि लगाइएको लकडाउनका कारण सुनसान देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…