एक्सनमा इन्स्पेक्टर नायक, बालुवा तस्करहरु तनाव
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको सम्पर्क नम्बर ९८५४०९००७२ मा जानकारी गराउन अनुरोध

२०७७ साउन १६ शुक्रबार, दिउँसो १:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न खोलाहरुबाट अवैद्य रुपमा उत्खनन नरोकिएको व्यापक गुनासो बढेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर एक्सनमा आएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी ईन्सपेक्टर पप्पु नायकले ईलाकाभित्र विभिन्न नदीहरुमा उत्खनन गर्नेहरु उपर कडा निगरानी राखेका छन् । सोही क्रममा ईन्सपेक्टर नायकले शुक्रबार (आजं खोलाबाट अवैद्य उत्खनन गरेको बलुवा, गिट्टी र ढुँगा (पत्थर) पक्राउ गरेको हो ।
नेपाल सरकारको नियम अनुसार असार देखि खोला ठेक्का बन्द गर्नुपर्ने भएपनि धनुषाको विभिन्न खोलामा क्रसर माफिया, ठेकेदारहरुले प्रावधान विपरित उत्खनन गरेपछि ईन्सपेक्टर नायक विभिन्न सडक सहित खोलामा निगरानी बढाएको हो ।
शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ स्थित जल्लाद खोलामा ज २ प ८४ दुङ्गा प २००३००१ त १४ बालुवा ना ६ प ५६४३ बालुवामा अवैध लोड गरि बालुवा उठाएका लाई पक्राउ गरि जिल्ला समन्वय समितिमा पठाएका हुन ।
“खोलामा हामी निरन्तर निगारानी राखेका छौ । एउटा पनि हामी अवैध बालुवा उठाउन दिदैन । खोलामा मात्र होईनन, राजमार्ग र अन्य विभिन्न सडकहरुमा पनि निगरानी बढाएका छौं । उत्खनन गरी जुनसुकै बाटोबाट भागोस हाम्रो नजरबाट बच्ने सम्भावना अब कम हुन्छ ।” उनले भने ।
यसका साथै, उनले यस्तो प्रकारको गतिविधि कतै देखिएमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको सम्पर्क नम्बर ९८५४०९००७२ मा जानकारी गराउन अनुरोध समेत गरेका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…