बारा र पर्सामा नयाँ सँक्रमितको सँख्या मोटो, आईशोलेसनमा ठाउँ नहुँदा सँक्रमित घरमै
त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ

२०७७ साउन १५ बिहीबार, बिहान ९:३८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, बीरगँज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । यस अघि थपिएका १७ संक्रमित मिलाएर ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए ।
११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ ।
अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
अस्पतालका चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा भिडभाडमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।
त्यसैगरी वीरगञ्ज कै ४९, ५४ वर्षका पुरुष, वीरगञ्ज– २५ सिर्सियाका ६० वर्षीया महिला, ४२ र १८ वर्षका पुरुष र ५ वर्षीय बालकमा पनि कोरोना देखिएको छ । वीरगञ्ज–१२ मुर्लीका ३ वर्षीया बालिका, २३ वर्षीया महिला र २८ वर्षका पुरुष, वीरगञ्ज–५ का २४ वर्षका पुरुष र ४८ वर्षीया महिला, वीरगञ्ज–८ पानीट्याङकीका २३ वर्षीय पुरुष, ३० वर्षीया महिला, वीरगञ्ज–१ छपकैयाका ३० वर्षका पुरुष, वीरगञ्ज– १० घडिअर्वाका ३६ वर्षीय पुरुष, वीरगञ्ज–२ छपकैयाका २० वर्षीय पुरुष, वीरगञ्ज–१६ राधेमाई ३५ वर्षीय पुरुष, वीरगञ्ज–२३ प्रसौनीविर्ताका २७ वर्षीय पुरुष, वीरगञ्ज–४ विर्ताका ४० वर्षीया महिला, ३७, ३८ र ३४ वर्षका पुरुष, वीरगञ्ज– ३ का ३० वर्षका एकजना पुरुष र २८ वर्षीया एकजना महिला, वीरगञ्ज–१५ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
वीरगञ्ज–१२ जिल्ला प्रहरी कार्यालय अगाडी ५० र २५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
त्यस्तैगरी पर्साकै छिपहरमाई–२ टिहुकीका ३५ वर्षीय, जगरनाथपुरका २२ वर्षीय पुरुष, पटेर्वासुगौली गाउँपालिका ५ को २५ र २८ वर्षका पुरुष र २४ वर्षका महिलामा संक्रमण देखिएको हो ।
बाराको जीतपुर हेल्थ पोष्टमा कार्यरत २४ र २७ वर्षका पुरुष र बाराको कलैया १ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
समाचार श्रोतः यात्राडेली, वीरगँज
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…