जनकपुरको पीडारीचोकमा मुक्तिनाथ विकास बैंकको अर्को शाखा , ATM मा प्रयोग गर्दा शुल्क नलाग्ने
यस बैंकको ATM कुनै पनि बैंकको ATM मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

२०७७ साउन १४ बुधबार, दिउँसो १:०८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मुक्तिनाथ बिकास बैंक लिमिटेडले जनपकुरधाममै अर्को शाखा विस्तार गरेको छ । जनकपुरको पीडारीचोकमा बैंकले १३७ औं शाखाको रुपमा दोस्रो शाखा स्थापना गरेको हो ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजापाठ गरी क्षेत्रीय कार्यलय जनकपुरले जनकपुरमै दोस्रो शाखा पीडारीचोकमा सँचालनमा ल्याएको हो ।
यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, डिम्याट खाता, ATM सेवा, क्यूआर पेमेन्ट सेवा ,घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकका क्षेत्रीय प्रबन्धक प्रभास झाले गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ। यस योजनाअन्तर्गत अधिकांश कर्जामा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधा प्रदान गरिने बैंकले जनाएको छ।
यस योजना अन्तर्गत न्यूनतम ब्याजदर कर्जा प्रवाह गरिने बैंकले स्पष्ट पारेको छ। त्यस्तै ४८ कार्य घन्टाभित्र कर्जा स्वीकृति गरिने र यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने बैंकले जनाएको छ। कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र हुने बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…