एसिड प्रहार, कानुन र सजाय
जसको कारणले कैयौं युवति, किशोरीले अन्यायमै परेकी हुन् ।
२०७७ साउन १३ मंगलबार, राति ९:४६ बजे२ मिनेट पढाइ

एसिड प्रहारको घटना अहिले जल्दो बल्दो घटनाको रुपमा रहेको छ । देशमा दण्डहिनताको कारणले पनि यस प्रकारका घटनाहरु दोहरिएको देखिएको छ । तर, एसिड प्रहार गर्नेहरुले नेपालमा कानुनी सजायको बारेमा नबुझेको की अन्यले नबुझेको ?
छिमेकी मुलुक भारतमा एसिड विक्रि वितरणमा कडाई गरेको छ । पूर्ण विवरणको साथ मात्र एसिड विक्री गर्न, प्रयोजन हेरी विक्री गर्न कानुन बनाएको छ । यही हाम्रो देशमा खुल्लेआम एसिड विक्री वितरण भएको छ । जसको कारणले कैयौं युवति, किशोरीले अन्यायमै परेकी हुन् ।
मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय : दफा १९३ :- तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुनेः (१) कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ । (३) उपदफा (२) बमोजिम जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।
उसले उनको अनुहारमा एसिड फ्याँकी, उनको सपना, विश्वास मा छैन।
उनीले जलेको संवेदना सहन सक्छिन्, तर समाज प्रती को आरोप छैन।
मानिसहरूले उसलाई हाँसोमा उडाए, उनलाई मतलब भएन तर,
जब उसको परिवार आयो उसले सहन गर्न सकेन।
उनी पीडित थिईन् तर उनलाई अपराधी जस्तो व्यवहार गरियो। यो कुनै पांडुलिपिमा लेखिएको छ र ! ? उनले तीन पटक आत्महत्या गर्न खोजे, उनी मुश्किलले एक मुठ्ठी चामल खान सक्छिन्। जुन दिन उनीले आफनो जलेको अनुहार देखे, उनले आफूलाई घृणा गर्न थालिन्।
वास्तविक अपराधी जेलको पछाडि थिएन, उनी घण्टा सम्म यस बारेमा दैनिक सोच्ने गर्थे। उनलाई कहिले पनि आफ्ना विचारहरू व्यक्त गर्न दिइएन, उनले उनलाई नाइन भनिन र उनको जीवन मुद्दा बन्यो ।
एसिड प्रहार को मुद्दा हाम्रो समाजमा बढी रहेको अवस्था छ । एसिड प्रहार गरि नारीको जिन्दगी नै तहस नहस बनाउँने यस्तो जघन्य अपराध एसिड प्रहार गर्ने अपराधीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । यदि नेपालमा न्याय छ? भने जन्मकैदको सजाय दिए नि हुन्छ। महिला को अधिकार र स्वतन्त्रता हनन अत्याचार हिन्सा आखिर कहिले सम्म् हो मेरो सरकार न्याय_चाहियो न्याय चहियो !!
लेखक :- गुमस्ता कुमार यादव
ठेगाना :- कुसहा लक्ष्मीनिया,सुखिपुर न.पा.-३,सिराहा | लेखकः कानुन शास्त्रका विद्यार्थी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…