सिरहामा ५२ जनाले आफ्नो रगत दिए
सँजालका सदस्यहरुले गाउँस्तरमा गएर रक्त सँकलन गर्ने कार्यक्रम जारी राखेको छ ।
२०७७ साउन ११ आइतबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कोरोना कहरलाई मध्यनजर गर्दै तथा रगतको अभावलाई दृष्टिगत गर्दै सिरहामा ५२ जनाले रक्त दिएका छन् ।
सिरहाको बिष्णुपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको जनाइएको छ । सनराइज युवा सिरहा संजालले शनिवार सिरहाको बिष्णुपुर गाउँपालिका –१ स्थित एक किल्निकमा नेपाल रेडक्रस सोसाइटीको सहायताले युवा संजाल बाट ५२ जनाले रक्तदान गरेको जनाइएको छ ।
युवा संजालकी सदस्य कन्चन शाहले कार्यक्रममा रक्तदाताहरुलाई समाजिक दुरी बनाई रक्तदान गरेको बताइन्। यो भन्दा पहिला पनि गोलबजारमा रक्तदान कार्यक्रम समपन्न गरेको बताउँदै उनले आगामी आउने दिनहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरिन् ।

रक्तदान कार्यक्रमलाई बिष्णुपुर गाउँपालिका अध्यक्ष जागेस्वर यादब, मिथरस पोलिक्लीनिक र नेपाल रेड्क्र्स सोसाइटी शाखाले अग्रपन्तीको सहयोग गरेको थियो ।
रक्तदान जीवन दान मूल नारा सहित हरेक ४ महिनापछि रक्तदान गर्न उत्प्रेरित समेत गरिएको थियो । सँजालका सदस्यहरुले गाउँस्तरमा गएर रक्त सँकलन गर्ने कार्यक्रम जारी राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…