प्रदेश २ को पर्सामा थप ९ जनामा कोरोना
ट्राभल हिस्ट्री नभएकोले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको

२०७७ साउन ७ बुधबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । पर्सामा थप ९ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि पुष्टि भएको छ । विभिन्न स्थानबाट नेपाल फर्केका व्यक्तिहरुको स्वाब परिक्षण गर्दा थप ९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार ९ जनामा संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । मंगलबार थपिएका संक्रमितमा पर्सा स्थायी ठेगाना भएका तथा अन्य जिल्ला स्थायी ठेगाना भएर पर्सामा विभिन्न पेशा, व्यवसाय गरि आएका गरी कूल ९ जना रहेका छन् ।
स्वेच्छाले चेकजाँच गराएका उनीहरूको ट्राभल हिस्ट्री नभएकोले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको सहायक प्रजिअ बस्नेतले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…