युवाहरुले जनकपुर नगरको गेटमा फोहोर थुपारे
नगरपालिकाको सफाई कर्मचारीहरुले समयमा फोहोर नउठादिँदा नगर दुर्गन्धित बन्न गएको छ ।

२०७७ साउन ६ मंगलबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मुख्य द्धारमा युवाहरुले फोहोर थुपारेका छन् । उनीहरुले फोहोर थुपारेर साँकेतिक विरोध जनाएका छन् ।
जनकपुर जस्तो नगर दिनानुदिन फोहोर मैलाले दुर्गन्धित बन्दै गएको भएपनि नगरपालिकाले चासो नलिएको भन्दै युवाहरुले विरोध स्वरुप फोहोर थुपारेका छन् ।
उनीहरुले नगरभरीको फोहोर व्यवस्थापन तर्फ उपमहानगरपालिका कार्यालयले चासो नदेखाएपछि मंगलबार (आज) विहान युवाहरुको समुहले रामानन्द चोकदेखि मुख्य बजार क्षेत्रको फोहोर आफैँले संकलन गरि उपमहानगरपालिकाको ढोकामा थुपारेका छन्।
युवाहरुको समुहले रामानन्द चोकदेखि, अस्पताल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै बजार क्षेत्रमा दुईसातादेखि फालिएको फोहोरका डंगुरहरु उठाएर ट्रयाक्टरमा हाली उपमहानगरपालिका कार्यालय अगाडी थुपारेको हो।
जनकपुरको जानकी मन्दिर अगाडी, राजदेवी मन्दिर अगाडी सहित विभिन्न ऐतिहासिक स्थलहरुको छेउछाउमा अधिक फोहोर भएपछि नगरपालिकालाई फोहोर व्यवस्थापनको लागि बारम्बार ध्यानाकर्षण गराउँदै आएको थियो ।
नगरपालिकाको सफाई कर्मचारीहरुले समयमा फोहोर नउठादिँदा नगर दुर्गन्धित बन्न गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…