धनुषामा करेन्ट लागेर एक भारतीयको मृत्यू
मृतक महतो आफ्ना स–परिवार सहित सबैलामै बस्दै आएका छन।
२०७७ साउन ४ आइतबार, राति १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यू भएको छ । भारतको मोतिहारी जिल्ला घर भएका एक कामदारलाई करेन्ट लागेर मृत्यू भएको हो ।
धनुषाको सबैला नगरपालिका वडा नं. ३ ललन नायकको घरमा काम गर्दै आइरहेका भारतको मोतिहारी जिल्ला घर भएका अन्दाजि बर्ष ४५ को प्रमोद महतोलाई करेन्ट लागेर मृत्यु भएको छ।
आईतबार (आज) ४ बजे तर्फ काम गर्दै गरेको समयमा घरधनी ललन नायकको घरमा नै करेन्ट लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
मृतक महतो आफ्ना स–परिवार सहित सबैलामै बस्दै आएका छन। ईलाका प्रहरी सबैलाका अनुसार शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जनाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…