सिरहाः जनमत पार्टिमा बढदै जनलहर
अधिकार सुनिश्चित गर्न जनमत पार्टी बाहेक कुनै पनि पार्टी प्रतिबद्ध नरहेकोले जनमत पार्टीमा प्रवेश गरेको बताए।

२०७७ साउन १ बिहीबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अहिले सँगठन बलियो बनाउन विभिन्न ठाउँमा कार्यक्रमहरु गरिरहेको छ ।
सोही क्रममा सिरहामा सहिद परिवार सहित ४ सय ४९ जना जनमत पार्टीमा प्रवेश गरेका छन् । सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनमत पार्टीमा प्रवेश गरेका छन।
माओवादी द्धन्द्धकालमा सहिद भएका सहिद रामजुलुम महासेठका दाजु राजदेब महासेठ सहित सयौं प्रवेश गरेका छन । यस्तै, प्रबेशीहरुलाई सिरहाको कर्जन्हामा एक कार्यक्रम बिच जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागी र जनमत पार्टी सिरहा जिल्ला ईन्चार्ज विजय कुमार साह लगायत जनमत पार्टीका विभिन्न नेताकार्यकर्ताहरुले अबिर माला लगाई स्वागत साथ प्रवेश गराएका थिए।
नव प्रबेशी महासेठले मधेशको अधिकार सुनिश्चित गर्न जनमत पार्टी बाहेक कुनै पनि पार्टी प्रतिबद्ध नरहेकोले जनमत पार्टीमा प्रवेश गरेको बताए।
कार्यक्रम पछि कर्जन्हामा बिभेदकारी नागरिकता विधेक विरुद्ध र्याली तथा कोण सभा समेत गरिएको थियो। कार्यक्रममा बिभेदकारी सरकारले ल्याएको नागरिकता विधेक मधेश बिरोधी भएको भन्दै कारेज्जको माग गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…