धनुषाः लेखापाल सहित नगरपालिकाको ३ कर्मचारीमा कोरोना
क्रममा लेखापालसँग विभिन्न व्यक्तिहरु सम्पर्कमा आएको हुनुपर्ने अनुमान गरिएको छ ।

२०७७ असार ३० मंगलबार, बेलुकी ६:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको ३ जना कर्मचारीमा कोरोना सँक्रमण देखिएको छ ।
धनुषाको विदेह नगरपालिकाको कार्यालयमा कार्यरत विभिन्न पदका व्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएको हो । विदेह नगरपालिकाका स्वास्थ्य सँयोजक एवम् कोरोनाको लागि फोकल पर्सन राम सुन्दर साहका अनुसार ३ विभिन्न पदका कर्मचारीमा कोरोना देखिएको हो ।
केही दिन अघि गरिएको स्वाब सँकलन र परीक्षणबाट मँगलबार ३ जना कर्मचारीमा पोजिटिभ देखिएको बताइएको छ । साहका अनुसार लेखापाल, कम्प्युटर अपरेटर र स्टोर किपरमा कोरोना पोजिटिभ देखिएको हो ।
सो क्रममा लेखापालसँग विभिन्न व्यक्तिहरु सम्पर्कमा आएको हुनुपर्ने अनुमान गरिएको छ । अगाडीको कदम चालिने पनि जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…