सिडिओ कनेललाई सिरहाको ठाउँ ठाउँमा स्वागत
कनेल धनुषासँगै रहेको सिरहामा आएपछि सिरहाको पनि मुहार फेर्ने आसा आम नागरिकमा पलाएको छ ।

२०७७ असार २९ सोमबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । धनुषामा रहुन्जेल आफ्नो कार्यले लोकप्रियता कमाएका सिडिओ (प्रमुख जिल्ला अधिकारी) प्रदीपराज कनेललाई सिरहाको विभिन्न ठाउँमा स्वागत गरिएको छ ।
सिरहा जिल्लाको लागि नव आगन्तुक सिडिओ कनेललाई स्थानीयहरु सहित युवाहरुले उनलाई सिरहाको प्रवेश नाकामा स्वागत गरेको छ । धनुषाबाट केही महिनाअघि मात्र सिडिओ कनेल कारागार व्यवस्थापनमा सरुवा भई गएका थिए ।
धनुषामा रहुन्जेल सिडिओ कनेलले जिल्ला प्रशासन कार्यालय धनुषाको मुहार नै फेरेपछि उनको लोकप्रियता बढेको हो । सिडिओ कार्यालयभित्रै बैँक स्थापना, सोधपुछ कक्ष, सहायकता कक्ष सहित लाईनमा बस्ने सेवाग्राहीको लागि सेडको व्यवस्था, चारैतर्फ हराभरा र सफा सुग्धर बनाएका छन् ।
धनुषामा उनले गरेका कार्यहरुको मुल्याँकनको आधारमा धनुषावासीको मन जित्न सफल भएका सिडिओ कनेल धनुषासँगै रहेको सिरहामा आएपछि सिरहाको पनि मुहार फेर्ने आसा आम नागरिकमा पलाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…