डा. सिके राउतको पार्टी 'मधेश स्वराज' प्रति अटल
'मधेश स्वराज र अबकी बार जनमत की सरकार' को नाराका साथ अघि बढीरहेको पार्टी नेतृत्वले जनाएको छ।

२०७७ असार २८ आइतबार, राति ९:३० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश स्वराजको लक्ष्यप्रति अझै अटल रहेको बताइएको छ ।
नेपाल सरकारसंग ११ बुदें समझौता पश्चात बनेको जनमत पार्टी नेपाल सरकार र तत्कालीन स्वतंत्र मधेस गठबंधनबीच भएको समझौता अनुसार जनअभिमतमा आधारित गतिविधि गर्न सहमति भए बमोजिम मधेश स्वराजको लक्ष्यलाई अझै मजबुत बनाउने तर्फ लागिएको हो ।
जनमत पार्टीले काठमांडौमा रंगभेद विरुद्धको विशाल रैली तथा आम सभा आयोजना गरेको थियो। लगतै पुरै मधेश भरि विभिन्न ठाऊँमा ३० वटा आम सभा गरी पार्टीको धारणा जनमानसमा पुर्याएको पार्टीले जनाएको छ ।
“जनमत पार्टीले निर्वाचन आयोगबाट लाउडस्पीकर चुनाव चिन्ह प्राप्त गर्यो र मधेशका स्थानीय उप(निर्वाचनमा भाग लिए। चुनावमा जीत हासिल नगरे तापनि आफ्नो चुनाव चिन्ह लाउडस्पीकर जनतामाझ पुर्याएको जनमत पार्टीको बुझाई छ।”– एक नेताले भने ।
यस संगसंगै जनमत पार्टीले मधेशका २० ज़िल्लामा ज़िल्ला समिति, अधिकांश ठाऊमा नगर समिति, गाऊँपालिका समिति र वार्ड समिति गठन गरेका छन्।
ग़ैर आवासीय मधेसी संघलाई निरंतरता दिदै जनमत पार्टीले ई। बसन्त कुशवाहाको अध्यक्षतामा विदेश विभाग गठन गरेको छ। जनमत पार्टीका क़रीब २ लाख सदस्य विदेश का ४४ देशमा रहेको बताइएको छ।
ख़ास गरी मलेशिया लगायत खाड़ी मुलुक दुबई, क़तार, सऊदी अरेबिया र कुवैतमा जनमत पार्टीको ठूलो जनाधार रहेको छ। कोरोना संक्रमणपछि ठूलो संख्यामा ‘आफ्नो गाऊँमा आफै रोज़गार सृजना गरौ’ का साथ मधेसीहरु घर फ़िर्तीको अवस्थामा रहेका छन्।
साथ साथै जनमत पार्टीले मधेश नेतृत्व पुंज, वरिष्ठ नेतृत्व मंडल, चिकित्सक जनमत संघ, इंजीनियर जनमत संघ, डिप्लोमा इंजीनियर जनमत संघ, सांस्कृतिक जनमत संघ, युवा जनमत संघ, विद्यार्थी जनमत संघ, महिला जनमत संघ जस्ता अनेकौ पेशागत तथा जनवर्गीय संरचना गठन गरेका छन्। यी संगठनका समितिहरू मधेसका हरेक ज़िल्ला ज़िल्लामा गठन भई रहेको छ।
यसै बीच जनमत पार्टीले रंगभेद बिरुद्धका कार्यक्रम संचालन गर्नुका साथै भरखरै नेपाल सरकारले ल्याएको नागरिकता विधेयक विरुद्ध सड़क संघर्ष जारी राखेको छ। हुनत यस विधेयकका विरुद्ध नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले १र२ दिन विरोधको कार्यक्रम गरे पनि जनमत पार्टीले सशक्त रूपमा सड़क संघर्ष र आंदोलन जारी राखेको छ।
नागरिकता विधेयक विरुद्धका आन्दोलन जनमत पार्टीले गाऊं केंद्रित गर्दै गाऊँ गाऊंमा संघर्ष समिति गठन गर्दै संगठन विस्तारलाई तिब्र गरि राखेको जनाइएको छ ।
त्यस आन्दोलनको बीचमा जनमत पार्टीका ५ जना केन्द्रीय सदस्यको राजीनामा तथा सिरहा र बारा ज़िल्लामा केही कार्यकर्ताको राजीनामा पनि सामाजिक संजालमा देखियो। पार्टी परित्याग गर्ने अधिकांश अनुशासन कार्रवाईमा परेका, संगठनमा निष्क्रिय रहेका तथा पार्टीको आधिकारिक सदस्यता नलिएका व्यक्तिहरु रहेको स्रोतले जनाएको छ। जनमत पार्टी स्वक्छ तथा ईमान्दारहरूको पार्टी रहेको र यसका केही नेता तथा कार्यकर्ताहरूलाई विपक्षी पार्टीले आर्थिक प्रलोभनमा पार्टी परित्याग गराई जनमत पार्टीलाई बदनाम गराउन थालेको स्रोतको भनाई छ।
जनमत पार्टी आगामी चुनावमा पुरै मधेशमा क्लीन स्वीप गर्ने अभियानका साथ अघि बढिरहेका कारण मधेशका केही जमींदार र शोषक प्रवृत्तिका जनप्रतिनिधिहरू यस पार्टीलाई कमज़ोर गर्ने गरी आर्थिक चलखेलमा लागेको स्रोतको भनाई छ।
जनमत पार्टी कमजोर भएमा पुरानै सत्ता र धाक रवाफ कायम रहने, भ्रष्टाचार गर्न पाउने बिरोधी पार्टीहरूको सोचाई रहेको जनमत पार्टी स्रोतले बताएको छ।
तर जनमत पार्टी आफ्नो अटल लक्ष्य 'मधेश स्वराज र अबकी बार जनमत की सरकार' को नाराका साथ अघि बढीरहेको पार्टी नेतृत्वले जनाएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…