कमला नगरपालिकामा गर्भवति र सुत्केरीलाई विशेष राहत
नगरकी उपमेयर शिला देवी मण्डलको सँयोकत्वमा सो राहत वितरण कार्यक्रम सुरु गरिएको जनाइएको छ ।

२०७७ असार २५ बिहीबार, राति ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले घोषणा गरे बमोजिम विशेष राहत वितरण सुरु गरेको छ ।
नगरभरिका गर्भवति महिला, सुत्केरी महिला तथा अपाँग (फरक शक्ति भएका व्यक्ति) लाई विशेष राहत उपलब्ध गराएको हो । नगरभरिबाट सम्पर्कमा आएको ५०० जनालाई राहत वितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र सढानले जानकारी दिए ।
सढानका अनुसार, लडकाउनका कारण प्रभावित भएको र समयमा पोषणको आहारको कमि भएको भन्दै बहुक्षेत्रिय पोषण अन्तर्गत पर्ने नगरभरिका ५०० तस्ता व्यक्तिको लागि राहत उपलब्ध गराएको हो ।
नगरपालिकाको वडा नं. १ देखि ९ सम्मको निवेदन परे बमोजिमको तथ्याँक अनुसार राहत वितरण गरेको हो । लकडाउनको अवधिमै कमला नगरपालिकाले विशेष राहत प्याकेजको घोषणा गरेको थियो ।
नगरकी उपमेयर शिला देवी मण्डलको सँयोकत्वमा सो राहत वितरण कार्यक्रम सुरु गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…