वडाध्यक्षमाथि राहत चोरीको आरोप, पक्राउ गर्ने तयारी !
वर्तमान परिस्थित अनुसार जतिबेला पनि दुई पक्षबीच झडप हुन सक्ने अवस्था सृजना भएको हो ।

२०७७ असार २० शनिबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक वडाध्यक्ष राहत वितरण प्रकरणमा केही सर्वसाधारणलाई जथाभावी कुटपिट गराएको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राज कुमार साहले राहत चोरी प्रकरणमा सर्वसाधारणलाई मान्छे लगाएर कुटाएका छन् ।
वडाध्यक्ष साहले एक गैर सरकारी सँस्थाबाट प्राप्त भएको ६० पोका राहत विहिबार राती वितरण गरेका थिए । वडाध्यक्ष साहले आफू १७ पोका मात्रै वितरण गरेको तथा बाँकीका अन्य मान्छेहरु जबरदस्ती उठाएर लगेको बताएपछि विवाद उत्पन्न भएको हो ।
१७ पोका मात्रै वितरण गरिएपनि त्यहाँबाट ३२ पोका राहत गायब भएको हो । स्थानीयहरुले वडाध्यक्ष साह नै चोरेको र स्थानीयहरु उपर आरोप लगाएको भनेपछि उनका लठैतहरुले केही युवाहरुलाई पोखरीमा डुबाई डुबाई कुटपिट गरेको छ ।
वडा नं. को कार्यालय नजिकै रहेको सार्वजनिक पोखरीमा युवाहरुलाई उनका लठैतहरुले डुबाई डुबाई कुटपिट गरेका छन् । सो क्रममा प्रहरी पनि त्यहाँ मौजुद थिए । प्रहरी भने मात्र रमिते बनेर उभेका थिए ।
यता, प्रहरी चौकी भररियाका असईले भने आफूसँग प्रहरी नभएको कारण केही नबोलेको प्रतिक्रिया दिएका छन् । मास ठुलो सँख्यामा रहेको र आफूहरु केही जना मात्रै रहेको भन्दै केही नबोलेको बताएका छन् ।
स्थानीयहरुले राम ईश्वर पासवान, सँजय पासवान, जनादेव यादव, शिवा पासवान, श्रीठ पासवान लगायतले मिलेर युवाहरुलाई कुटपिट गरेको बताएका छन् । अहिले राहत चोरी काण्डमा वडाध्यक्षलाई पक्राउ गर्न स्थानीयहरुले नारा जुलुस गरेपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।
धनौजी गाउँपालिकाको वडा नं. २ को अवस्था अहिले तनावग्रस्त बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…