कर्मचारीको मोटो कमिशनले लथालिङग 'जनकनन्दिनी गाउँपालिका'
गाउँपालिकाको विभिन्न वडा भएर गाउँपालिका छिर्ने सडकहरु अहिले बर्षायाममा ब्लक भएको छ ।

२०७७ असार १९ शुक्रबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा माथिल्लो स्तरका कर्मचारी र जनप्रतिनीधिको मोटो कमिशनका कारण विकास निर्माणको अवस्था जरजर भएको छ ।
बिना कमिशनको योजना पास नगर्ने कर्मचारीहरुले अधिक कमिशनको चक्करमा गाउँपालिकाको विकासलाई लथालिङग पारिएको हो । स्थानीय ठेकेदार र उपभोक्ता समिति मार्फत हुने कार्य पनि गुणस्तरीयहिन भएकोले सडक बाटो ब्लोक भएको एक स्थानीयले बताए ।
अहिले समाजिक सञ्जालमा जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाको तस्विरहरु समाजिक सँजालमा भाइरल हुँदा केही जनप्रतिनीधि र कर्मचारीको कमिशन खेलमा विकासको नाममा ब्रम्हलुट गरिएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
आर्थिक वर्ष २०७६/०७६ मा विनियोजन भएको करोडौंको बजेट विकासको शून्य गुणस्तरियतामा गएर सम्पन्न भएको छ । असारे विकासको लहरसँगै कर्मचारीको महापर्व मानिने यस मसान्तमा ब्रम्हलुट मच्चाएको आरोप स्थानीयहरुले लगाएको छ ।
गाउँपालिकाको विभिन्न वडा भएर गाउँपालिका छिर्ने सडकहरु अहिले बर्षायाममा ब्लक भएको छ । विकट क्षेत्र तथा नेपाल भारत सीमामा रहेको जनकनन्दिनी गाउँपालिका तर्फ अख्तियारको टोली पनि कर्म जाने गरेको छ ।
सोही मौका छोपी स्थानीय जनप्रतिनीधिहरु जनताको करबाट ल्याएको बजेटमा मनोमानी गरिरहेको कारण ३ वर्षमा पनि विकास कार्यले गति लिन सकेको छैनन् ।
स्थानीय एक जनाले भने, “–हाकिम र केही जनप्रतिनीधि सहित गाउँपालिकाकै केही कर्मचारीहरुले गाउँपालिका चलाएको छ । भित्रैभित्र के गरेको छ केही थाहा छैन । गाउँपालिका अध्यक्ष विरामी परेको मौका छोपेर कर्मचारीहरुले मनोमानी गरिरहेको छ । जनप्रतिनीधिले गर्ने कार्य कर्मचारीले गरिरहेको छ । नियमतवंश गाउँपालिका अध्यक्षलाई अलमलमा राखेको छ । तर, हामीहरु त्यतिकै चुप बसेको छैन, हामी सब नियालीरहेका छौं । अख्तियार गुहार्नु परे जाउँला तर जनताको करको मूल्य फिर्ता ल्याउँछौं ।”
यो सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झासँग सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…