जनकपुरका सँचारकर्मीहरुले विद्येयक जलाए
पत्रकार साहकै नेतृत्वमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको जनक चौकमा बुधबार अपरान्ह विधेयक जलाइएको हो ।

२०७७ असार १८ बिहीबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका केही सँचारकर्मीहरुले सँचार विद्येयक जलाएका छन् ।
सञ्चारकर्मीहरुको सञ्चार उपकरण जफत गर्ने प्रावधानसहितको प्रदेश २ सरकारले ल्याएको विधेयक विरुद्ध केही सँचारकर्मीहरु आपत्ति जनाएका छन् ।
प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विधेयक १३ गते शनिबार प्रदेशसभाबाट पारित भएपछि केही सँचारकर्मीहरुले त्यसको विरोध गर्दै जनकपुरको जनकचोकमा विद्येयक जलाएका छन् ।
विधेयकको दफा ६२ र ६३ मा सञ्चारकर्मी र सञ्चारगृहको यन्त्र उपकरण जफत गर्ने व्यवस्था राखिएको भन्दै विरोध गरिएको हो ।
नेपालको संविधानको धारा १९ को उपधारा २ मा कुनै पनि सञ्चार उपकरण जफत नहुने प्रावधान राखिएको भए पनि प्रदेश सरकार र प्रदेशसभाले संविधान नै नपढी विधेयक ल्याएको भन्दै उनीहरुले विद्येयक जलाएका हुन ।
राणाकालिन कानुन प्रदेश सरकारले ल्याउन लागेको भन्दै कडा आलोचना गर्दै विद्येयक जलाएको पत्रकार विपी साहले जानकारी दिए ।
पत्रकार साहकै नेतृत्वमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको जनक चौकमा बुधबार अपरान्ह विधेयक जलाइएको हो ।
पत्रकार साहका अनुसार विधेयकमा सञ्चार गृह वा सम्पादकलाई नभई कुनै पनि मुद्दा पत्रकारमाथि मात्रै लाग्ने छ र पत्रकारले नै दण्ड जरिवाना तिर्नु पर्ने व्यवस्थ विधेयकमा गरिएको छ ।
प्रदेश सभाबाट पारित भएको उक्त सञ्चार विधेयक पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई समाप्त पार्ने खालको रहेकोले विधेयक जलाउनु परेको उनले बताए ।
विधेयकमा दर्जनौं ठाउँमा त्रुटी रहेपनि प्रदेशसभाबाट पारित भएकाले प्रक्रियाबाटै विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने पत्रकार साहले बताएका छन् ।
बुधबार जनकपुरधाममा रहेका दर्जनौं पत्रकारहरुले संयुक्त रुपमा उक्त विधेयक जलाउँदै प्रदेश सरकार विरुद्ध नारावाजी गरेका छन्।
विद्येयकको विरोधमा जनकपुर क्षेत्रका सबै पत्रकारहरु उभिनुपर्ने अवस्था आएपनि राजनीतिक दलको नजिकता र भातृ सँगठनसँगको आवद्धताका कारण अधिकांश पत्रकारहरु चुप बसेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…