प्रधानमन्त्रीद्वारा शहीदमा श्रद्धाञ्जलि
काठमाडौँ, १६ माघ || देशका प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद दिवसको अवसरमा शहीद पार्कमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्

२०७४ माघ १६ मंगलबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

काठमाडौँ, १६ माघ || देशका प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद दिवसको अवसरमा शहीद पार्कमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको सहभागिता रहेको थियो ।
सभाका एक सहभागी रेश्मा शाक्यले जुन कारणले शहीदले आफ्नो शरीरलाई बलिदान गरे त्यस किसिमको भावना बुझ्न नसकेसम्म उनीहरुप्रतिको सच्चा सम्मान नहुने बताउनुभयो ।
शहीद सप्ताहअन्तर्गत माघ १० गते बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको हो ।
त्यस्तै, माघ १३ गते बिहान सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो ।
आज शहीद दिवशका दिन बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु गरी प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।
विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…