कोरोना सँक्रमितलाई मधेश इन्जिनीयर्स एशोसिएसनको 'ईलेक्ट्रीक जग'
न्यूज ब्यूरो, सप्तरी । मधेश ईन्जिनियर्स एसोसिएसनले कोरोना सँक्रमितहरुलाई ईलेक्ट्रिीक (बिजुलीबाट चल्ने) जग प्रदान गरेको छ । एशोसिएशनको केन्द्रीय कार्य समिति द्वारा गरिएको निर्णय अनुसार जिल्ला कार्यसमिति सप्तरीद्धारा राजविराजमा ईलेक्ट्रिीक जग वितरण गरिएको हो । त्यहाँ स्थित साई कृष्ण मेडिकल कलेजमा रहेक

२०७७ असार १० बुधबार, राति ११:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मधेश ईन्जिनियर्स एसोसिएसनले कोरोना सँक्रमितहरुलाई ईलेक्ट्रिीक (बिजुलीबाट चल्ने) जग प्रदान गरेको छ ।
एशोसिएशनको केन्द्रीय कार्य समिति द्वारा गरिएको निर्णय अनुसार जिल्ला कार्यसमिति सप्तरीद्धारा राजविराजमा ईलेक्ट्रिीक जग वितरण गरिएको हो ।
त्यहाँ स्थित साई कृष्ण मेडिकल कलेजमा रहेको अस्थायी कोरोना अस्पतालका कोरोना संक्रमितहरुलाई ३६ थान ईलेक्ट्रीक जग वितरण गरिएको एशोसिएशनका केन्द्रीय अध्यक्ष सँजीव नारायण यादवले जानकारी दिएका छन् ।
एसोसिएसन द्वारा गरिएको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर दुईको आठ वटै जिल्लामा रहेको कोरोना संक्रमितहरु लाई ईलेक्ट्रीक जग वितरण गर्ने निर्णय संगै सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा गरि हाल सम्म सात जिल्लामा वितरण कार्य सम्पन्न भइसकेको अध्यक्ष यादवले जनाए ।
जग वितरण कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पताल को मेसु एवम् साई कृष्ण मेडिकल कलेज अस्थायी कोरोना अस्पतालको प्रमुख डा रंजित कुमार झाले प्रमुख अतिथिको आसनबाट सहजता प्रदान गरेका थिए ।
सो त्रममा केन्द्रीय उपाध्यक्ष औम नारायण यादव, केन्द्रीय कोषाध्यक्ष आर्किटेक्ट अन्जु कुमारी यादव, केन्द्रीय सदस्य ई विमलेश यादव, ई लालकृष्ण यादव , बाग्मती प्रदेश को वरिष्ट उपाध्यक्ष ई शैलेन्द्र यादव, बाग्मती प्रदेश को सचिव गणेश यादव, बाग्मती प्रदेश को सदस्य विवेक यादव, सप्तरी जिल्ला अध्यक्ष ई सुधिर कुमार मंडल, सप्तरी जिल्लाको मिडिया संयोजक ई मुकेश कुमार साह, सदस्य ई शैलेन्द्र कुमार मंडल,ई सुर्या शर्मा, विकास राजवंशी, भगवती प्रसाद शर्मा, रमेश कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…