सरकार विरुद्ध जनता समाजवादी पार्टी देशभरि प्रदर्शन गर्ने
जिल्ला सदरमुकाम र मध्य शहरहरुमा विरोप्र प्रदर्शन र सभा आयोजना गरिएको छ ।

२०७७ असार १० बुधबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले देशैभरि सरकार विरुद्ध वृहत प्रदर्शन गर्ने भएको छ ।
नागरिकता विद्येयकको विरुद्धमा पार्टीले राजधानी काठमान्डौं लगायत देशको अन्य विभिन्न शहरहरुमा वृहत प्रदर्शन गर्ने तयारी गरेको छ । आउँदो असार १६ गते वृहत प्रदर्शनको तयारी गरेको हो ।
वर्तमान सरकारले ल्याएको नागरिकता विद्येयकले महिला तथा लैगिँक समेत विभेद गरिएको भन्दै सरकार विरुद्ध प्रदर्शनको तयारी गरिएको छ ।
पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान युगमा अन्तरजातिय र अन्तराष्ट्रिय विवाहको प्रचलन बढीरहेको अवस्थामा उक्त संशोधनको प्रस्ताव नै एकातिर महिला र पुरुषबीचको लैँगिक विभेद गरेको उल्लेख गरेको छ ।
यसका साथै, वर्षौदेखि नेपाली जनताको भारतीय लगायत अन्य मुलुकका जनताहरुवीच कायम रहेको पारिवारीक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि सम्बन्धलाई अबरुद्ध गर्नुका साबै महिलाहरुप्रति लैँगिक विभेद, असमानता र महिला हिंसालाई प्रोत्साहन दिने कार्य गरेको भन्दै त्यस विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
जातीय बिभेद, सामाजिक तथा साँस्कृतिक विभेद, लैगिँक विभेद र असमानता कायम गर्ने तथा राष्ट्रिय एकता कमजोर पार्ने गरी ल्याएको संशोधन प्रस्ताव उपर आपत्ति जनाउँदै उक्त प्रस्तावलाई सच्याएर मात्र संसदबाट पारित गर्नुपर्ने माग उठाएइएको छ ।
असार १६ गते काठमाडौं लगायत जिल्ला सदरमुकाम र मध्य शहरहरुमा विरोप्र प्रदर्शन र सभा आयोजना गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…