नेपाल-नेपाली
नेपाल नेपाल मेरो प्यारो नेपाल ! मनले गर्व गर हामी छौं नेपाली !! मधेसी पहाडी द्वन्द्व हटाउ बन जिम्मेवार ! हामी सारा नेपाली बचाऔ नेपाल !! पिछडिएका वर्गलाई सम्मान सबैले गरौं ! धर्म द्वन्द्व र जातीय राजनीति बन्द गरौं ! धर्म संस्कृति र परम्परामा छौं हामी समृद्ध ! पुर्खाहरुले दिनुभएको पहिचानप्रति गर्व गरौ

२०७७ असार ८ सोमबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

नेपाल नेपाल मेरो प्यारो नेपाल !
मनले गर्व गर हामी छौं नेपाली !!
मधेसी पहाडी द्वन्द्व हटाउ बन जिम्मेवार !
हामी सारा नेपाली बचाऔ नेपाल !!
पिछडिएका वर्गलाई सम्मान सबैले गरौं !
धर्म द्वन्द्व र जातीय राजनीति बन्द गरौं !
धर्म संस्कृति र परम्परामा छौं हामी समृद्ध !
पुर्खाहरुले दिनुभएको पहिचानप्रति गर्व गरौं !!
मौलिक पहिचान यिनै हुन हामी छौं नेपाली !
नेपाल नेपाल मेरो प्यारो नेपाल !!
अनेकौं जातिको सुन्दर फुलबारी छ नेपाल !
सभ्यता, सम्मान भाव राखौं सबै नेपाली !!
हिन्दु,मुस्लिम,क्रीस्चियन,बुद्धिष्ट इत्यादि धर्म !
मधेसी पहाडी न भएर हामी सबै नेपाली !!
सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली !
नेपाल नेपाल मेरो प्यारो नेपाल !!
चन्द्र सुर्य फर्फराउने सुन्दर शान्त नेपाल !
पहिचान र विशेषता आफैं नेपालको नेपाली !!
आउ हामी सबै मिलि बसौं बचाउ नेपाल !
नेपाल नेपाल मेरो प्यारो नेपाल !!
लेखक : तनविर रेजा राइन, जनकपुरधाम-२३
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…