कोरोनाबाट लडन पनि योग गरौं : वक्ताहरु
योग शिविरमा पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकल्देव सिंहले योग प्रशिक्षण दिएका थिए ।
२०७७ असार ७ आइतबार, राति ८:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । आज (आईतबार) छैठौं अन्तराष्ट्रिय योग दिवस आज आइतबार विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सोही क्रममा सिरहाको मिर्चैयामा पनि विभिन्न कार्यक्रमहरु गरी योग दिवस मनाइएको छ । सो क्रममा वक्ताहरुले महामारीसँग लडन योग पनि एक माध्यम भएको बताएका छन् ।
प्रत्येक वर्ष जुन २१ तारिखका दिन मनाइने अन्तराष्ट्रिय योग दिवसको अवसरमा मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा अन्तराष्ट्रिय योग दिवस मनाइएको हो ।
योग दिवस सिरहाको मिर्चैयामा पनि दीप प्रव्जलन र योग कार्यक्रम गरी मनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारणले यो वर्ष सामाजिक दुरी कायम गरी यो दिवस मनाइको छ ।
जिल्ला सिराहको मिर्चैया नगरपालीका वडा नं ७ स्थित पतञ्जली योग समिति धर्मशालाको प्राङ्गणमामा कार्यक्रम सम्पन्न गरेका छन् । कोरोना भाइरस विरुद्ध लड्नका लागि पनि फरक–फरक तरिकाबाट योग गर्न सकिने भएकाले योगको आकर्षण बढ्दै गएको छ ।
योग शिविरमा पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकल्देव सिंहले योग प्रशिक्षण दिएका थिए । साथै वहाँले ५ दिन सम्म योग कार्यक्रम हुने बताएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…