प्रदेश २ः मृत्यू भएका बालकको सम्पर्कमा आएका ३२ सै जना देखिएन कोरोना !
न्यूज ब्यूरो, बारा । उपचारको क्रममा मृत्यु भएका निजगढका बालकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा आएका ३२ जना ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । क्न्ट्याक्ट ट्रेसिङ गरी बालकको सम्पर्कमा आएका आमाबुवा सहित ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।

२०७७ असार ५ शुक्रबार, राति १०:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । उपचारको क्रममा मृत्यु भएका निजगढका बालकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा आएका ३२ जना ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।
क्न्ट्याक्ट ट्रेसिङ गरी बालकको सम्पर्कमा आएका आमाबुवा सहित ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।
यही जेठ ३० गते निजगढ नगरपालिका वडा नं।६ माथिल्लो योजना टोलका शारीरिक रुपले असक्त पाँच बषिय बालको बिरगंज स्थि हेल्थ केयरमा मृत्यु भएको थियो ।
मृत्युपछि उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।बालकको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा आउने ३२ जना ब्यक्तिहरुको असार ३ गते स्बाब सङकलन गरी नारायणी अस्पतालमा पिसिआर परिक्षणको लागि पठाईएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…