सिरहाः कमिशनको दाउमा प्रसुतिको मृत्यू, डाक्टर फरार !
अवस्था तनावग्रस्त भएपछि त्यहाँ ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको हो ।

२०७७ असार ५ शुक्रबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सिरहामा अपरेशन शुल्क बढी लिने दाउमा एक प्रसुतिको ज्यान गएको छ ।
सिरहा जिल्लाको लहान स्थित रहेको लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलालाई पुनः अपरेशन गरी रकम उठाउने दाउमा महिलाको ज्यान गएको परिवारजनले आरोप लगाएको छ ।
प्रदेश नं. २ कै सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि अपरेशन गरी प्रसुति गरिएको थियो । अपरेशन सोही क्लीनिकमा गरिएको थियो ।
त्यसपछि अपरेशनको दुई वटा टाँका टुटेपछि खातुनलाई असहज भएको थियो । असहज भएपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गर्न लागेको परिवारजनको आरोप छ ।
पुनः अपरेशन गर्न थालेपछि खातुनको आज विहान ज्यान गएको हो । खातुनको ज्यान गएपछि क्लीनिकका डाक्टर डा. दिलिप साह त्यहाँबाट फरार भएका छन् ।
घटना पश्चात त्यहाँ अवस्था तनावग्रस्त भएपछि घटना मिलाउनको लागि क्लीनिकको तर्फबाट २ लाख रुपैयाँ परिवारजनलाई दिएर घटना मिलाउन खोजेको आरोप लगाइएको छ ।
खातुनलाई २५ दिन अघि दलालकै भरमा त्यो क्लीनिकमा लगिएको थियो भने पुनः दलालकै चपेटमा परेर पुनः अपरेशन गर्नुपर्ने कारण देखाएपछि ज्यान गएको बताइएको छ ।
अवस्था तनावग्रस्त भएपछि त्यहाँ ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको हो । अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…