क्वारेन्टाइनबाट कोही पनि भागेको छैन : उपमेयर कापर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको क्वारेन्टाइनबाट कोही पनि नभागेको दाबी नगर उप प्रमुख शिला देवी कापरले गरेकी हुन् । शहीदनगर नगरपालिका अर्न्तगत नगर स्तरीय क्वारेन्टाईनबाट एक जना पनि नभागेको बताइएको छ । नगरपालिकाको वडा नं. ३ तथा साविक गाविस यदुकुहा स्थीत श्री जनता एकाई माध्यमिक विद

२०७७ असार २ मंगलबार, राति १०:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको क्वारेन्टाइनबाट कोही पनि नभागेको दाबी नगर उप प्रमुख शिला देवी कापरले गरेकी हुन् ।
शहीदनगर नगरपालिका अर्न्तगत नगर स्तरीय क्वारेन्टाईनबाट एक जना पनि नभागेको बताइएको छ ।
नगरपालिकाको वडा नं. ३ तथा साविक गाविस यदुकुहा स्थीत श्री जनता एकाई माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइनबाट भागेको खवर झुठो र अफवाह तथा भ्रामक रहेको उपमेयर कापरद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
क्वारेन्टाइन समितिकी सँयोजक समेत रहेकी उपमेयर कापरले गत असार १ गते सोमबार क्वारेन्टाईनमा जम्मा जम्मी १ सय ६० जना पुरुष मात्र रहेको भएपनि केही अनलाईनहरुमा १ सय ६५ जना भागेको गलत समाचार सम्प्रेषण गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा लेखिएकोछ –“एक अनलाईनबाट क्वारेन्टाईनबाट १ सय ६५ जना भागेको भनी साथै अन्य गलत समाचार सम्प्रेषण गरेकोमा यस क्वारेन्टाइन संचालन तथा ब्यवस्थापन समितिको गम्भीर ध्यानार्कपण भएको छ । हाल कोरोना भनिने कोभिड-१९ भाइरस महामारी को वेला हातेमालो गरेर माहामारी नियन्त्रण गर्नुको साटो भ्रमात्मक समाचार सम्प्रेषण गर्न यसै बिज्ञप्ती मार्फत सचेत गराउदै क्वारेन्टाईन बाट कोही पनी ब्यक्ती नभागेको व्यहोरा सम्बन्धी सबैमा जानकारी समेत गराईन्छ ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…