नयाँ नक्सा पास भएपछि जनकपुरमा उत्साह, झण्डा फहराइयो
स्टेशन एरिया युवा समाजले सो कार्यक्रम आयोजना गरेको थियो ।

२०७७ असार २ मंगलबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले नेपालको नयाँ नक्सा पास गरेपछि जनकपुरमा निर्णयको भव्य स्वागत गर्दे दीप प्रज्वलन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशन एरिया स्थित अनेकतामा एकताको प्रतीक राष्ट्रको नयाँ नक्सालाई सम्मान गर्दै नेपालको झण्ड फहराउँदै दीप प्रज्वलन गरिएको हो ।
नेपालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी जारी गरिएको नेपालको नयाँ नक्सा संसदबाट सर्व–सहमतले पास भएको उपलक्ष्यमा खुसीयाली मनाउँदै दीप प्रज्वलन गरिएको छ ।
.jpg)
लायन्स क्लबका जोन चेयर पर्सन सागर कुमार साह र समाजसेवी प्रभाष साहको अगुवाईमा नेपालको नयाँ नक्सा सम्बन्धि संसोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको भन्दै दीप प्रज्वलन गरिएको हो ।
उनीहरुले दीप प्रज्वलन गरि सरकार र साँसदहरुको प्रशंसा तथा उनीहरुको निर्णयप्रति खुसि व्यक्त गरेको हो । स्टेशन एरिया युवा समाजले सो कार्यक्रम आयोजना गरेको थियो ।
.jpg)
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भू–भाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै जनकपुर लगायत देशैभरि उत्साह बढेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…