मनसुनवाट हुन सक्ने क्षतिलाई कम गर्न तयारीमा जुटौं : मन्त्री साह
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिका विकास मन्त्री नवल किशोर साहले मनसुनबाट हुने क्षति न्यूनिकरण गर्नको लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा आउनै लागेको मनसुनवाट हुन सक्ने क्षतिलाई कम गर्नुका साथै विपदको समयमा सहयोग गर्न विभिन्न संघस

२०७७ असार १ सोमबार, दिउँसो ३:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिका विकास मन्त्री नवल किशोर साहले मनसुनबाट हुने क्षति न्यूनिकरण गर्नको लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा आउनै लागेको मनसुनवाट हुन सक्ने क्षतिलाई कम गर्नुका साथै विपदको समयमा सहयोग गर्न विभिन्न संघसँस्थाहरुलाई समेत आग्रह गरेका छन् ।
आज (मँगलबार) युएन एजेन्सीसंगको सहकार्य तथा समन्वय सम्वन्धमा बसेको बैठकबाट कोरोनाको यस विपदासँगै प्रत्येक वर्ष आउने भिषण बाढी पहिरोबाट हुने क्षतिलाई न्यूनिकरणको लागि प्रयास सुरु गर्न आग्रह गरिएको हो ।
सो बैठकमा मन्त्री साहले आउनै लागेको मनसुनवाट हुन सक्ने क्षतिवाट वच्न पुर्व तयारीमा लाग्न सबै पक्षसँग आग्रह गरेका हुन् ।
उक्त वैठकमा मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, UNFPA का नरेन्द्र मिश्र, युनिसेफका अशोककुमार झा, विश्व स्वास्थ्य संगठन WHO का प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…