प्रदेश २ः धनुषामा १३ सहित ९६ जनामा कोरोना सँक्रमण
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा १ सय ९६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना ब्यक्तिमा कोरोना संक्रम

२०७७ जेठ २८ बुधबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा १ सय ९६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरी जिल्लाको छिपरमाई गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिराहा जिल्लाको सिराहा नगरपालिका स्थित सत्य नारायण सूर्य नारायाण मरबैता यादव क्याम्पसको क्वारेन्टाइनमा रहेका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
महोत्तरी जिल्लामा जलेश्वर नगरपालिकामा सञ्चालिते क्वारेन्टाईनमा रहेका ६ जना महिला र २५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका १३ जना पुरुषहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
सर्लाही जिल्लाको रामनगर गाउँपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका १० जना, कविलासी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ५ जना, चन्द्रनगरगाउँपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका १० जना, कौडेना गाउँपालिकाकाृे स्थानीय क्वारेन्टाईनमा रहेका २ जना र हरिवन नगरपालिकामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
रौतहट जिल्लाको घिउरा, गौर, राजपुर, टिकुलिया, र परोहा लगजायतका स्थानमा कुल ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…