१० वर्ष यताकै यसपाली सबभन्दा बढी वृक्ष रोपियो : अभियानी शर्मा
संरक्षण गर्न सक्ने जति मात्र विरुवा रोपण गर्न आग्रह समेत गरेका छन् ।

२०७७ जेठ २५ आइतबार, दिउँसो ४:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का वन निर्देशनालयका अधिकृत एवम् पर्यावरण अभियानी समेत रहेका सुरेश शर्माले १० वर्षयताकै सबभन्दा बढी वृक्षारोपण यस वर्ष भएको बताएका छन् ।
प्रत्येक वर्ष जुन ५ का दिन मनाइने विश्व पर्यावरण दिवसमा हुँदै आएको वृक्षारोपणमध्ये उनले आफूले देखेको १० वर्ष यताकै सबभन्दा बढी वृक्ष रोपिएको अनुभव साँझा गरेका छन् ।
उनले आफ्नो अधिकारीक फेसबुक मार्फत प्रदेश नं. २ को ८ वटै जिल्लाको विभिन्न स्थानहरुमा भएको वृक्षारोपण कार्यक्रम आफैंमा उदाहरणीय रहेको बताउँदै आफ्नो १० वर्षको अनुभवमा सबभन्दा बढी सक्रियताले वृक्षारोपण भएको बताएका छन् ।
यसपाली गुणस्रतीयता र सँख्यात्मक दुबै दृष्टिकोणले बिशेष सहभागीता उमंग र उत्साहका साथ वृक्षारोपण सम्पन्न भएको बताउँदै उनले सिरहा जिल्लामा राज्यमन्त्री सुरेश मण्डलले आफै अग्रसर भएर वृक्षारोपणमा सहभागी हुनु पर्यावरणप्रतिको लगाव झल्काएको बताएका छन् ।

“एक हप्ता अघि नै पर्यावरण दिवश सम्बन्धमा मैले फेसबुकमा पोष्ट गरे देखि नै बिभिन्न महानुभावहरुले विरुवाको जोहो गरी जग्गा तयारी तर्फ लागेको, सोही अनुरुप धनुषाको डिएफओ अशोक झाले जिल्ला स्थित बिभिन्न वन नर्सरीहरूबाट विरुवा बितरण प्रारम्भ गरिदिएर ठूलो योगदान गर्नुभयो । धनुषा जिल्लाको मात्र हेर्ने हो भने पनि जनकपुरधाम मात्र होइन कि ग्रामीण क्षेत्रहरुमा समेत सरकारी स्तर भन्दा पनि सर्वसाधारण, किसान, पत्रकार, युवा क्लब, संघ संस्थाहरुको अतिरिक्त पर्यावरण अभियानीहरुको बिशेष सहभागीतामा वृक्षारोपण सम्पन्न भएकोछ ।”– उनले लेखेका छन् ।
वृक्षारोपणको क्रममा गुणस्तरीय विरुवा प्राप्त गर्दा उत्साह झन बढेको युवा अभियन्ता रकि प्रसाद साहलाई उदृत गर्दै बताए । पर्यावरण संरक्षण अभियानमा लाग्ने अभियानीहरुको लागि सुखद संकेत रहेको बताइएको छ ।
उनले यही मनसुनको मौसम वृक्षारोपणको लागि उपयुक्त मौसम पनि भएकोले संरक्षण गर्न सक्ने जति मात्र विरुवा रोपण गर्न आग्रह समेत गरेका छन् ।
शहर मात्र होइन कि ग्रामीण क्षेत्रहरुमा समेत ब्यापक रुपमा वृक्षारोपण गर्न जनताहरुलाई जागरूक गराई असल पर्यावरण सेनाको भुमिका निर्वाह गर्न पर्यावरण अभियानीहरुलाई आग्रह गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…