लकडाउनमा रगत अभाव हुन नदिन रक्तदान
कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको

२०७७ जेठ २४ शनिबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव हुन नदिन मिर्चैयाको भगवतपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न मिर्चैया ८ भगवतपुरमा रक्तदान गरिएको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा जनसेवा यूवा क्लबले शुक्रबार रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा जम्मा २६ जनाले रक्तदान गरेको क्लबका संस्थापक सुरेन्द्र यादवले जानकारी दिए ।
लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले लकडाउनको सीमा क्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनीहरूले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए ।
कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई क्लबका अध्यक्ष प्रदीप कुमार यादवले धन्यवाद दिए ।
रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेकोे थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…