वीरगँजः ३३ जनाले रक्त दिए
न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वामा आज ३३ जनाले रगत दिएका छन् । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वाको आयोजना र रक्तसंचार केन्द्र बिरगंजको प्राबिधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम समापन भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको युवा समाज भ

२०७७ जेठ २३ शुक्रबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वामा आज ३३ जनाले रगत दिएका छन् ।
छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वाको आयोजना र रक्तसंचार केन्द्र बिरगंजको प्राबिधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम समापन भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको युवा समाज भिस्वा को अध्यक्ष मनोज पटेलले जनाएका छन।
युवासमाज भिस्वा का अध्यक्ष मनोज पटेलकै अगुवाईमा भएको रक्तदान कार्यक्रममा अनिस गुरुङ , दिपक कुमार गुप्ता ,शिधार्थ,रामपुकार कुमार, आदित्य कुमार शाह,राजेश शाह, चन्दन शाह,राजु पंडित, सन्तोष कुमार ठाकुर,राजा हुसेन,बिक्की चौरसिया,बलिराम साह,संदिप साह कानु,अशोक कुमार,सुजीत पटेल, रुपेश ठाकुर,प्रदिप कुशवाहा,नाजिर अंसारी ,नुरहोदा मियाँ ,प्रेमसागर पंडित,मनिलाल साह,दिनेश महतो,बिराज साह,प्रदिप चौरसिया लगायत ३३ ले रक्तदान गरेका छन ।
रक्तदान जीवन दान भन्ने नारा को साथै रक्तदान गर्ने हरु लाई युवा समाज का अध्यक्ष पटेल ले रक्तदाता हरु लाई धन्यवाद दिदै प्रमाण पत्र समेत बितरण गर्नु भएको थियो ।
रक्तसंचार केन्द्रका प्रमुख सौरभ कुमार पाण्डे , क्तदान कार्यक्रम मा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली प्रहरी चौकी भिस्वा का प्रहरी नायब निरिक्षक प्रेम खतरी, रक्तसंचार केन्द्र प्राबिधिक सुजित पटेल,संदिप कुशवाहा प्रदिप चौरसिया लगायतको सहभागिता रहेको थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…