जटही नाकामा मृत्यू भएका गुरमैताकी श्रीमतिलाई नगरपालिकामै जागिर : मेयर बरबरिया
शुक्रबार बस्ने कार्यपालिकाको बैठकबाट उनलाई नियुक्तिको लागि सिफारिस सहित पत्र पठाइने छ ।

२०७७ जेठ २२ बिहीबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतबाट फर्किदै गर्दा नेपाल भारतको सीमा जटही नाकामा मृत्यू भएका धनुषाका वीरेन्द्र गुरमैताकी श्रीमतिलाई जागिर दिइएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने बीरेन्द्र गुरमैताको जटही नाकामै मृत्यू भएपछि राहत स्वरुप नगरपालिकामै जागिर दिने घोषणा गरिएको छ ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले मृतक गुरमैता परिवारलाई राहत स्वरुप १ लाख रुपैयाँ घोषणा गरे बमोजिम आज (विहिबार) रकम वापतको चेक हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको तर्फबाट मेयर बरबरिया र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले सँयुक्त रुपमा उनका परिवारलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाकै तर्फबाट मृतक गुरमैताको बालबच्चाहरुलाई उच्च शिक्षासम्म निःशूल्क शिक्षा सहित उनकी श्रीमतिलाई जागिरको निर्णय गरिएको बताइएको छ ।
जनकपुरः भोकले छटपटाएर एक युवक मरे, नाकामा आन्दोलन !
“स्वर्गीय गुरमैताले आफ्नो परिवारको लागि ज्यान दिए । हामीले उनको परिवारको क्षतिपूर्ति कहिले पनि दिन सक्दैनौं, अपूर्णीय क्षति भएको छ । तर, राहत स्वरुप १ लाख रुपैयाँ र उनको बालबच्चालाई यदुकूहाकै गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयमा कक्षा १२ सम्म पूर्ण निःशूल्क पढाउनुको साथै उनकी श्रीमतिलाई आर्थिक कमजोरीका कारण हातमुख जोडन नपरोस भनी जागिरको व्यवस्था गरिदिएको छु ।”– मेयर बरबरियाले भने ।
गत जेठ १४ गते विहान लकडाउनका कारण भारतमा फँसेका नेपालीहरुलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला आउने क्रममा शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने गुरमैताको मृत्यू भएको थियो ।
उनको दुई छोराछोरी रहेको छ । उनीहरुको लत्ताकपडा, शिक्षा सबै निःशूल्क सहित उनकी श्रीमतिलाई स्वास्थ्यचौकी गोठ कयलपुरमा जागिर दिने निर्णय गरिएको हो ।
मेयर बरबरियाका अनुसार, शुक्रबार बस्ने कार्यपालिकाको बैठकबाट उनलाई नियुक्तिको लागि सिफारिस सहित पत्र पठाइने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…