जनकपुरः भोकले छटपटाएर एक युवक मरे, नाकामा आन्दोलन !
अहिले प्रशासनले उनीहरुको लागि ३ वटा बस पठाएको जनाइएको छ ।

२०७७ जेठ १४ बुधबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण भारतमा फँसेका नेपालीहरुलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला ल्याउने क्रममा भोकले एक जनाको मृत्यू भएको छ ।
धनुषा प्रशासनले धनुषाको जटही नाकाबाट धनुषावासीलाई आफ्नो जिल्ला ल्याउने क्रममा जटही नाकामा राखिएको क्वारेन्टाईन नजिकै एक नागरिकको भोकले मृत्यू भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलका अनुसार, मृतक धनुषाको शहिदनगर नगरपालिकाका युवक हुन् ।
पोखरेलका अनुसार, भारतबाट हिँडदै आएका उनी विगत ६ दिनदेखि खाना खान पाएका थिएनन् । अत्यधिक भोकका कारण जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएको थियो । केही बेरमा बान्ता (उल्टी) गरेर उनको ज्यान गएको हो ।
आज विहान करिब ३ बजेको समयमा भारतको प्रशासनले उनीहरुलाई जटही नाकामा छाडेर गएको जनाउँदै नाकामा करिब ५०० बढी जनाको भीड भएपछि आक्रोस बढेको बताएका छन् ।
मृतक युवकको अवस्था विग्रेपछि जनकपुरबाट एम्बुलेन्स पठाएपनि एम्बुलेन्स पुग्नुभन्दा अघि नै उनको मृत्यू भईसकेको थियो । सोही क्रममा भारतबाट आएका भीड आक्रोसित भएको प्रशासनले जनाएको छ ।
उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुर तर्फको लागि प्रस्थान गरेको तथा अहिले उनीहरुलाई नगराइनमा मोटो सँख्यामा प्रहरी परिचालन गरि रोकिएको सहायक प्रजिअ पोखरेले न्यूज ब्यूरोलाई बताए ।
पोखरेलका अनुसार प्रशासनले व्यवस्था गरेको २ समय विहान १० बजे र साँझ ६ बजे बस सेवा सँचालन गर्ने भनिएपनि उनीहरु आफू घर जानुपर्ने भन्दै जिद्द गर्दै आएको थियो ।
अहिले प्रशासनले उनीहरुको लागि ३ वटा बस पठाएको जनाइएको छ । उनीहरुलाई जटही नाकादेखि दक्षिण जनकपुर आउँदै गर्दा नगराइनमा रोकिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…