नेता निधिले आफ्नो क्षेत्रको सबै क्वारेन्टाइन र आईशोलेसनमा PPE पठाए
नेता नीधिले आफ्नो क्षेत्रको लागि देखाएको चासोप्रति आम नागरिक, कर्मचारी, स्वाथ्यकर्मीहरुले सराहना गरेको छ ।

२०७७ जेठ २० मंगलबार, राति ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा उपसभापति बिमलेन्द्र निधिले धनुषा क्षेत्र नं. ३ को सबै क्वारेन्टाइन र आइसोलेसनमा खटिएका स्वास्थकर्मी र सुरक्षाकर्मीहारुलाई पिपिइ पठाएका छन् ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको हुनाले क्वारेन्टाइनमा खटिएको स्वास्थकर्मीहरुलाई दृष्टिगत गर्दै सुरक्षा समाग्री पठाएका छन् ।
स्वास्थ्यकर्मीहरुमा समेत कोरोन पोजेटिभ पाएकोपछि उनीहरूले कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई पठाएका छन् ।
नेता निधिले नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण, उपाध्यक्ष राकेश बिक्रम साह मार्फत निर्वाचन क्षेत्र नं. ३ मा रहेको सबै क्वारेन्टाइनमा चिकित्सक लगायत सुरक्षाकर्मीहरुको लागि (पिपिइ) वितरण गरेको उपाध्याय राकेश बिक्रमले जनाइएको छ ।

धनुषा निर्वाचन क्षेत्र ३ मा संचालन रहेको जनकपुरधाम गोपाल धर्मशाला, नगराइन नगरपालिका– ५,७ र २, धनौजी गाउँपालिका, जटही सिमा प्रहरी चौकी र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ४ रहेको क्वारेन्टाइनमा पिपिइ वितरण गरिएको हो ।
६० थान पिपिइ पोशाक, शरिरको तापक्रम नाप्ने थर्मोगन– १० थान एन–९५ मास्क – ६० थान, ह्याण्ड ग्लोभस– ६ सय पिस क्वारेन्टाइनहरुमा वितरण गरिएको हो ।
उक्त वितरण कार्यक्रममा तरुण दल धनुषाका सदस्य ज्ञानेन्द्र कर्ण, सुभाष झा, राहुल मिश्रा लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…