स्वः राजा वीरेन्द्रको सम्झनामा जनकपुरको राजदेवीमा दीप प्रज्वलन
न्यूज ब्यूरो, जनकपुरधाम । गत वि.सं. २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा हत्या गरिएका स्वः राजा (त्यतिबेला) वीरेन्द्र तथा उनको परिवारलाई जनकपुरमा सम्झना गरिएको छ । दरबार हत्या काण्डको १९ वर्ष पुरा हुँदा जनकपुरको राजदेवी मन्दिरमा दीप प्रज्वलन गरिएको हो । वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार

२०७७ जेठ १९ सोमबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत वि.सं. २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा हत्या गरिएका स्वः राजा (त्यतिबेला) वीरेन्द्र तथा उनको परिवारलाई जनकपुरमा सम्झना गरिएको छ ।
दरबार हत्या काण्डको १९ वर्ष पुरा हुँदा जनकपुरको राजदेवी मन्दिरमा दीप प्रज्वलन गरिएको हो । वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्या काण्डको सम्झनामा जनकपुरका युवाहरुले दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिएका छन् ।
दरबार हत्या काण्ड भएपछि देशले विभिन्न चरण भोगेको भन्दै भएपनि राजा बिरेन्द्रलाई जनताले हालसम्म पनि असल ब्यक्तित्व भएका राजाका रुपमा सम्झिने गरेको बताएका छन् ।
स्वर्गीय राजा र उनको परिवारिक तस्वीरमा महाबिर युवा कमिटीका सदस्यहरुले दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उक्त कार्यक्रम मा मोहन कुमार साह, गणेश कुमार सह, प्रदीप बस्नेत, दिलिप साह,बिरेन्द्र साह,राजिब साह, बिजय साह रबि कुमार शर्मा आदि युवाहरुले दीप प्रज्वलन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…