आज धनुषाकै ७ जना सहित प्रदेशमा ८२ जनामा कोरोना पुष्टि !
मन्त्रालयको तथ्याँकमा अहिलेसम्म नेपालमा कोरोनाको कारण ८ जनाको ज्यान गएको छ ।

२०७७ जेठ १९ सोमबार, दिउँसो २:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आज मात्रै प्रदेश २ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितहरुको संख्या ८२ पुगेको छ ।
धनुषा जिल्लामा ७ जना सहित प्रदेश नं. २ को विभिन्न जिल्लाबाट कूल ८२ जनामा नयाँ सँक्रमण पुष्टि भएको जनाइएको छ । प्रदेश सरकारको मिडिया ब्रिफिँग समूहमा सो तथ्याँक अपडेट गरिएको हो ।
जानकारी अनुसार, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएको विवरण अनुसार सप्तरी जिल्लाको राजगढ़ गाउँपालिका १२ जना पुरुष रहेका छन ।
काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार सिरहा जिल्लाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाईनका ५ जना पुरुष संक्रमिति भएका हुन ।
धनुषा जिल्ला धनौजी शंकर मावी क्वारेन्टाईनका ४ जना, प्रादेशीक अस्पतालजनकपुरमा १ जना र हसंपुर नगरपाकिलाका २ पुरुषहरु संक्रमिति भएका छन ।
त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिका क्वारेन्टाईनका २ जना पुरुषहरु संक्रमित भएका छन ।
सर्लाही जिल्लाको जनता मा. वि. अगरवा क्वारेन्टाईनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमिति भएका हुन । जसमध्ये ३ जना महिला रहेकी छन् ।
धुलिखेल अस्पतालमा गरिएको परिक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाईनका ४ जना संक्रमितत भएका हुन ।
जस मध्ये यमुनामाईका क्वारेन्टाईनका एक जना महिला पनि संक्रमित भएका हुन । यो तथ्याँक दिउँसो २ः४५ बजेसम्म गरिएको अपडेट रहेको छ ।
प्रदेश २ मा कोभिड संक्रमितहरुको जम्मा संख्या ६९५ पुगेको छ भने उपचार पछि डिस्चार्ज हुनु भएको संख्या ९८ रहेको छ ।
यद्यपी, यस अपडेट बारे स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अधिकारिक तथ्याँकमा भने समाचार तयार पारुन्जेलसम्म अपडेट गरिएको देखिएनन् ।
मन्त्रालयको तथ्याँकमा अहिलेसम्म नेपालमा कोरोनाको कारण ८ जनाको ज्यान गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…