क्वारेन्टिनमै जन्मियो बच्चा !
नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको

२०७७ जेठ १८ आइतबार, बिहान १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको छ ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिनुभएको हो ।
क्वारेन्टिनमा बस्नुभएकी उहाँलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ ।
मीना र उहाँका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुग्नुभएको हो ।
नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…