प्रदेश २ः अब स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा नजाने !
स्वास्थ्यकर्मीलाई चोटपटक लागेको र गएका एम्बुलेन्समा क्षति पनि भएको थियो ।

२०७७ जेठ १७ शनिबार, राति ८:५६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा क्वारेन्टाइनमा खटने स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइनमा नजाने निर्णय गरेको छ ।
रौतहटको इशनाथ नगरपालिकाको स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा डयुटि नगर्ने निर्णय गर्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
शुक्रबार नपाको वडा नं.७ मा अवस्थित अनवारुल हक मदर्सा मोतीगंज जोकहामा स्वास्थ्यकर्मी माथि भएको संघातमिक आक्रमणको घटनालाई छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै संर्घषका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।
कोभिड १९ रोगको संक्रमण फैलिनबाट रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीमा रहेको डयुटि रुम र भन्डार शाखामा एक्कासि आक्रमण गरी स्वास्थ्यकर्मीलाई घाइते बनाइ अभद्र व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएको बुझिएको छ ।

डयुटिमा खटेका स्वास्थ्यकर्मी माथि ढुगंमुढा, धारिलो हतियार र खुर्सानीको धुलो सहित आक्रमण गरेको व्यक्तिलाई पक्राउ गरी कडाकारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित बन्न पुगेका मेयर संतोष मेहताले बताए ।
मेयर मेहताले दोषी जो कोहिलाई पनि कारवाही गरीनु पर्ने विचार व्यक्त गरे ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…