अझ खुलेन बि.डी. कलेजको ताला, सरोकारबाला मौन
बिनय यादव, सिरहा २० मंसिर । सिरहा जिल्लाको शैक्षिक मुटु भएको स्थान मिर्चैया नगरलिकामा रहेको ब्रह्मचारी दामोदरानन्द कलेजका बिद्यार्थीहरुले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । बिद्यार्थीहरुले क्याम्पसको प्राङ्गनमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख संजय साहलाई उपस्थित हुनका लागि जानकारी

२०७४ मंसिर २० बुधबार, दिउँसो १२:०० बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा
२० मंसिर । सिरहा जिल्लाको शैक्षिक मुटु भएको स्थान मिर्चैया नगरलिकामा रहेको ब्रह्मचारी दामोदरानन्द कलेजका बिद्यार्थीहरुले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।
बिद्यार्थीहरुले क्याम्पसको प्राङ्गनमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख संजय साहलाई उपस्थित हुनका लागि जानकारी गराएको भएपनि उपस्थित नहुँदा तालाबन्दी जारी नै रहेको छ । आफुहरुले लामो समयदेखि क्याम्पसको शैक्षिक, आर्थिक, ब्यबस्थापकिय सुधारको माँग गरेपनि क्याम्पस प्रशासनले ध्यान नदिदा बाध्य भएर तालाबन्दी गर्नु परेको क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले आरोप लगाउछन् ।
क्याम्पसले माँग पुरा नरगरेसम्म तालाबन्दि जारी नै रहने बिद्यार्थीहरुले बताए ।
त्यस्तै मिर्चैया नगरपालिकाका नवनिर्वाचित मेयर श्रवण कुमार यादबले बिद्यार्थीहरुको समस्या जायज रहेकोले क्याम्पस प्रमुख संग समन्वय गरि निकास दिने बताए । क्याम्पस प्रशासनले अटेरी गरे कानुनी प्रक्रियाबाट हल गर्ने समेत नगर प्रमुख यादबले स्पष्ट गरे ।
उनले भने ‘तालाबन्दी पश्चात बसेको बैठकले आर्थिक हरहिसाब परिक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भएपनि क्याम्पसले बेबास्ता गरेको छ ।’ क्याम्पस प्रमुख साहले गरेको आर्थिक हिनामिनाका कारण क्याम्पसको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले मंसिर १० गतेदेखि नै क्याम्पसमा तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रमुखले आफुखुसी बिना बिज्ञापन शिक्षक नियुक्त, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि, बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुले जारी गरेको बिज्ञाप्तीमा उल्लेख रहेको छ ।
बिज्ञप्ती जिल्ला प्रशासन कार्यालय सिरहामा मार्फत शिक्षा मन्त्रालयमा समेत पठाईएको बिद्यार्थीहरुले बताए । तालाबन्दी खुल्न नसकेको कारण विद्यार्थीहरुको पठनपाठनमा निकै नै समस्या भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…