मृतक गुरमैता परिवारलाई नगरपालिकाले १ लाख दिने
नगर प्रमुख बरबरियाले विहान ३ बजेपनि आफूलाई कुनै प्रकारको जानकारी नआएको दाबी गरे ।

२०७७ जेठ १६ शुक्रबार, राति ९:५९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गत बुधबार विहान भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यू भएका वीरेन्द्र गुरमैता परिवारलाई नगरपालिकाले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने गुरमैताको भारतबाट आउँदै गर्दा उनको मृत्यू भएपछि नगरपालिकाले किरिया खर्च वापत १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
मृतक परिवारप्रति शोक व्यक्त गर्दै नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाले एक शोक सन्देश सहित मृतक परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय भएको जनाएका छन् ।
जारी गरिएको एक सन्देशमा गुरमैताको भारतको गुजरातबाट फर्कने क्रममा नेपाल भारतको सीमा जटही नाकामा उनको असमायिक निधन हुन गएकोले शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गर्दै किरिया खर्च वापत १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
गत जेठ १४ गते विहान करिब ३ बजेको समयमा भारतीय पक्षबाट गुरमैतालाई ल्याएर जटही नाकामा छाडिदिएका दिए , उनीसँग अन्य सयौं जना थिए ।

जटही नाकामा मृत्यू भएका शहिदनगर नगरपालिका ९ का वीरेन्द्र गुरमैता
विगत कैयौं दिनदेखि च्यूरा र भूजा (मुरही) खाएर सफर गरेका गुरमैता बाटोमै विरामी परेका थिए । जटही नाकामा आएपछि उनलाई सुरक्षाकर्मीहरुले तत्कालै खाना खुवाएका थिए ।
खाना खाएको केही बेरपछि उनलाई बान्ता हुन थालेपछि सुरक्षाकर्मी सहित जटही नाकामा खटिएका क्वारेन्टाइन व्यवस्थापन समितिले उपचारको लागि एम्बुलेन्स पठाउन आग्रह गरेको थियो ।
तर, जनकपुरबाट नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स पुग्नुभन्दा अघि नै उनको ज्यान गइसकेको थियो । सुरक्षाकर्मीहरुले रेडक्रसको एम्बुलेन्सलाई फोन गरी बोलाएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाकै रेखदेखमा नाका सँचालन भएपछि सम्पूर्ण व्यवस्थापन जिल्ला प्रशासन कार्यालय धनुषाले नै गर्दै आएको थियो । प्रशासनले नै आफैं बस भाडा गरेर सम्बन्धित नगरपालिकामा पुरयाउने गरेको थियो । भाडा भने सम्बन्धित नगरपालिकाले तिर्नुपरेको थियो ।
सो सन्दर्भमा नगर प्रमुख बरबरियाले विहान ३ बजेपनि आफूलाई कुनै प्रकारको जानकारी नआएको दाबी गरे ।
विभिन्न व्यक्तिहरुले मेयरलाई जानकारी भएको तथा कुनै चासो नलिएको टिकाटिप्पणीप्रति मागेको न्यूज ब्यूरोको जवाफमा उनले आफूलाई मृत्यूपछि मात्र प्रशासन र समाचार माध्यमहरुबाट जानकारी आएको थपे ।
उनले भने,“म दुःखित छु, यस घटनाप्रति, समयमा कुनै जानकारी नै आउन सकेनन मलाई । हामी मर्माहित भएका छौं यस घटनाले ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…