धनुषा: क्वारेन्टाइनको लागि विवाद, स्थानीयद्धारा तालाबन्दी !
केही ब्राम्हण समुदायका व्यक्तिहरुको स्वार्थका कारण सबैलाई उक्साएको बताए ।

२०७७ जेठ १५ बिहीबार, दिउँसो १२:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा क्वारेन्टाइको सम्बन्धमा विवाद हुँदा स्थानीयहरुले तालाबन्दी गरेको छ ।
नगराईन नगरपालिका वडा नं. ७ देवडिहा स्थित रहेको समुदायिक विद्यालयमा बनाउन लागिएको क्वारेन्टाइन स्थानीयहरुले रोकेको छ ।
गाउँको नजिकै विद्यालयमा क्वारेनटाइन बनाउन लाग्दा स्थानीयहरुले रोकेको हो । उनीहरुले गाउँको क्वारेन्टाइन असुरक्षित हुने भएकोले रोकिएको बताइएको छ ।
भारतबाट आउन लागेका त्यस वडाका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने नगरपालिकाको निर्णय बमोजिम समुदायिक विद्यालयमा क्वारेन्टाइनको लागि अनुकूल ठाउँ देखिएको भन्दै सोही ठाउँमा निर्माण गर्न लागिएको थियो ।
मँगलबार सरसफाई गरी आज (विहीबार) पँखा लगाउन जाँदा गाउँका केही स्थानीयहरुले कसैको ईसारामा गेटमा सामूहिक तालाबन्दी गरेको नगरपालिकाका मेयर परमेश्वर यादवले जनाए ।

मेयर यादवका अनुसार, केही ब्राम्हण समुदायका व्यक्तिहरुले केही स्थानीयलाई उक्साएर विरोध गर्न लगाएको हो । बाहिरबाट आउने वडावासीलाई उनकै वडामा राख्ने व्यवस्था अपराध हो ? उनले प्रश्न गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…