नयाँ नक्सा विवादमा पछि हटे नेपाल ?
आफ्नो भूमि फिर्ता गर्नको लागि मधेशी युवाहरु लकडाउनका बेला पनि भारत सरकार विरुद्ध नारावाजी गर्दै आएको छ ।

२०७७ जेठ १४ बुधबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल–भारतको सीमा विवाद विगत केही दिनदेखि चलिरहँदा नेपालको आफ्नै भू–भाग समेटेर बनाएको नयाँ नक्सा साँसद कार्यसूचिबाट हटाइएको भारतीय मिडियाहरुले लेखेका छन् ।
भारतीय मिडिया आजतकले नयाँ नक्सा विवादमा नेपाल एक कदम पछाडी हटेको भनेर समाचार प्रकाशन प्रकाशित गरेको छ ।
नेपालकै भू–भागलाई भारतले आफ्नो भन्दै आएको बेला नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि राजनीतिक र कुटनितिक सम्बन्धमा तनाव भएको बेला भारतीय मिडियाले नेपाल उल्टै पछि हटेको समाचार प्रकाशित गरेको छ ।
नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई पारित गर्नको लागि तथा निशान छाप समेत संशोधनको लागि संविधान सँशोधन प्रस्ताव राख्ने सूचि थियो । तर नेपाल सरकारले अन्तिम समयमा साँसदीय सुनुवाईको आजको कार्यसूचिबाट संविधान सँशोधन कारवाही हटाएको भनेर दाबी गरिएको छ ।
भारतीय मिडियाको समाचार यस्तो छ : नक्शा विवाद में पीछे हटा नेपाल, भारत के हिस्सों को नक्शे में दिखाने का प्रस्ताव वापस
नेपालको सत्तापक्ष र प्रतिपक्षी दल दुवैले आपसी सहमतिमा बनाएको संविधान संशोधन विद्येयकलाई तत्कालै सँसदीय सुनुवाईको कार्यसूचिबाट हटाएको दाबी मिडियाहरुले गरेको छ । यद्यपी, यसको बारेमा नेपालको तर्फबाट कुनै जानकारी भने आएको छैनन् ।
मँगलबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा मुद्दामा राष्ट्रिय सहमति बनाउनको लागि सर्वदलिय बैठक बोलाएका थिए । यस बैठकमा सबै दलका नेताहरुले भारतसँग बसेर संवादको मार्फतबाट विवाद सुल्झाउन सुझाव दिएको थियो भनेर समाचारमा जनाइएको छ ।
नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्यिाधुरा भारतले आफ्नो नक्सामा पनि देखाएको छ । आफ्नो भूमि फिर्ताको माग गर्दै विभिन्न समयमा चरणवद्ध रुपमा आन्दोलन समेत नेपालमा हुँदै आएको छ ।
आफ्नो भूमि फिर्ता गर्नको लागि मधेशी युवाहरु लकडाउनका बेला पनि भारत सरकार विरुद्ध नारावाजी गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…