प्रदेश २ः पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना पुष्टि
छिमेकी मुुलुक भारतको विभिन्न स्थानबाट आएको बुझिएको छ ।

२०७७ जेठ १४ बुधबार, दिउँसो ४:३२ बजे६ मिनेट पढाइ
छिमेकी मुुलुक भारतको विभिन्न स्थानबाट आएको बुझिएको छ ।

२०७७ जेठ १४ बुधबार, दिउँसो ४:३२ बजे६ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जसमा रौतहट जिल्लामा ३५ जना, बारा जिल्लामा ८ जना, सप्तरी जिल्लामा ११ जना र सिराहा जिल्लामा २ जना कोरोना संक्रमण पुष्टी भएको हो ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्वर ७ र ८ का क्रमसः २१ बर्षिय र ३५ बर्षिय पुरुष, सोही जिल्ला स्थित गौर नगरपालिकामा रहेको जुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेको ८ जना पुरुष, त्यसैगरी कठहरिया नगरपालिकाका वडा नम्वर ३ का क्रमष ३६ र ३७ बर्षिय पुरुषहरु र इसनाथ नगरपालिकाको जोकाहा स्थित मस्तिजमा निर्माण गरिएको क्वारन्टाईनमा रहेका बर्ष १३ र ३५ बर्षिय पुरुष तथा सोही नगरपालिकाको श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका क्रमसः १७ बर्ष, १९ बर्ष र २० बर्षमा ३ जना तथा २१, २२, २४, २७, ३४, ३८, ३५, ४८ र ५० बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । रौतहट जिल्लामा संक्रमण पुष्टि भएका उल्लेखित ब्यक्तिहरु छिमेकी मुलुक भारतका विभिन्न स्थलहरुबाट नेपाल आएको बुझिएको छ ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्वर १ मा रहेको क्वारेन्टाईनमा गरिएको स्वाव संकलनको परिक्षण पश्चात १ महिला र ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार रौतहट जिल्ला घर भई बारा जिल्लामा बस्दै आएकी ५२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यसैगरी पचरौता वडा नम्वर १ को क्वारेन्टाईनमा रहेका क्रमस २२, २९, ३०, ३५, ३८, ४० र ४१ बर्षिय पुरुषहरुमा कोरोना संक्रमको पुष्टि भएको हो ।
मिडिया ब्रिफिँगको पूर्णपाठ सहित
बारा जिल्लामा संक्रमण पुष्टि भएकी ५२ बर्षिय महिला बाहेकका ७ जना पुरुषहरु पनि छिमेकी मुुलुक भारतको विभिन्न स्थानबाट आएको बुझिएको छ ।
सिराहा जिल्लामा संक्रमण पुष्टी भएका क्रमस ३५ र ३९ बर्षिय पुरुषहरुको स्थायी ठेगाना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका रहेको खुल्न आएको छ र दुवै जना पुरुषहरु पेशागत कार्यका लागि हाल सिराहामा बस्दै आएको बुझिएको छ ।
सप्तरी जिल्लामा भने बलान बिहुल गाउँपालिकामा १७ बर्षिय महिला र २९ बर्षिय पुरुष, बोधेबर्साइन नगरपालिकामा क्रमस १८ बर्षको १ जना, १९ बर्षका २ जना, २० बर्षका २ जना तथा २१, २८ र ५१ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सप्तरी जिल्लाकै सुरुङ्गा नगपालिकामा २९ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमित भएका ५६ जनासँगै यस प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिहरुको कुल संख्या ३ सय २४ पुुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका तथा यस प्रदेश संक्रमण देखिएका अधिकांस ब्यक्तिहरु यूवा उमेर समुहका रहेका छन् ।
अन्तर्राष्ट्रिय देशहरुमा पनि सवैभन्दा बढी यूवा उमेर समुहका मानिसहरुमा नै संक्रमण बढी देखिएको छ । आवत जावत र हिँडडुल बढी गर्ने उमेर समुह भएका कारण यूवाहरुमा कोरोना संक्रमण बढी हुनु स्वाभाविक नै हो ।
तर अन्तर्राष्ट्रिय देशहरुमा कोरोना संक्रमणबाट हुने मृत्यूदरमा भने सवैभन्दा बढी जेष्ट नागरिक र दीर्घरोगबाट पीडितहरु बढी रहेका छन् । यसरी युवा उमेर समुहबाट नै संक्रमण बढी फैलने जोखिम रहे पनि यसको सवैभन्दा बढी असर जेष्ट नागरीक र दीर्घरोगबाट पीडितहरुले झेल्नु परिरहेको छ ।
तसर्थ छिमेकी मुलक भारत वा जोखिमपूर्ण कुनै पनि स्थलबाट आएकाहरुलाई उच्च सतर्कता र सावधानी अपनाउँदै स्थानीय क्वारेन्टाईनमा बसिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । क्वारेन्टाईनमा नबसेर सिधै आफ्नो घर परिवारमा जाँदा आफ्नो परिवारका जेष्ठ सदस्य, दीर्घरोगी र वालवालिकाहरुलाई गम्भिर असर पर्न सक्छ ।
आफ्नो परिवार, समुदाय र समाजलाई सुरक्षित राख्ने वा आफ्ना मित्रजन र प्रीयजनहरुको सुस्वास्थ्य चाहने हो भने क्वारेन्टाईनमा बस्नु पर्ने आवश्यकता र अनिवार्यतालाई सवैले पालना गरिदिनुहुन अनुरोध गर्दछु ।
यस प्रदेश नम्वर २ मा कोरोना संक्रमण उच्च हुँदै गएपछि थप जोखिमहरु पनि बढेर गएका छन् । तर यसको सँगसँगै आसालाग्दा संभावनाहरु पनि देखिएका छन् ।
नेपालमा कोरोना जित्न सफल भएकाहरुको अधिकांस संख्या यसै प्रदेशमा रहेको छ । नेपालमा हालसम्म १ सय ५५ जनाको उपचार पश्चात कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएको तथ्याकं छ । जसमा ९३ जना ब्यक्तिहरु यस प्रदेशबाट नै डिस्चार्ज भएका छन् ।
यस प्रदेशमा डिस्चार्ज भएका ९३ जना ब्यक्तिहरु नारायणी अस्पताल र गण्डक अस्पताल बीरगंज पर्साबाट डिस्चार्ज भएका हुन् । आत्मबल, समयमै सतर्कता र चेकजाँच तथा उपचारबाट कोरोनासंक्रमण मुक्त हुन सकिन्छ भन्ने तथ्य अस्पतालबाट डिस्चार्ज भएका ब्यक्तिहरुको उमेर समुह र अवस्थाले स्पष्ट पारेको छ ।
विशेषगरी बीरगंजको नारायणी र गण्डक अस्पतालमा भर्ना भएका केही संक्रमितहरु उच्च रत्तचाप र मधुमेह जस्ता रोगहरुबाट समेत पीडित रहेका थिए भने उमेर समुहका हिसावले शिशु समेत संक्रमित भएको अवस्था थियो । तर दीर्घ रोगबाट पीडित तथा शिशु समेतले कोरोना जितेर स्वस्थ हुनु आफैंमा सुखद पक्ष हो ।
यसो भनिरहँदा हामीले उच्च सतर्कता र सावधानी भने कायम नै राख्न सक्नुपर्छ । यस २ नम्वर प्रदशेमा २०७७ साल बैशाख १४ गते २ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए ।
पछिल्लो समय २०७७ साल जेठ १० गते ९ जना र ११ गते १८ जना १२ गते ४३ जना र हिजो अर्थात २०७७ साल जेठ १३ गते गण्डक अस्पताल बीरगंज पर्साबाट २१ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
त्यसैगरी PCR परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १४ पुरुष र १ महिलागरी कुल १५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित ६ जना पुरुषहरुको उपचार भइरहेको छ । त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा ३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १३ जना पुरुषहरुको उपचार भइरहेको छ ।
रौतहट जिल्लामा रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २५ पुरुषगरी कुल २८ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३८ जना पुरुष र १ जना महिलागरी ३९ जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा २ महिला र ७ जना पुरुष गरी कुल ९ जना कोरोना संक्रमितहरुको बिरगंज महानगरपालिका स्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
त्यसैगरी सप्तरी जिल्लाको गजेन्द्र नारायणशिंह सगरमाथा अस्पतालमा ३ जना, सिराहा अस्पताल सिराहामा ७ जना, बारा जिल्ला स्थित कलैया अस्पतालमा २ जना, बारा जिल्ला स्थित जितपुर उपमहानगरपालिकामा रहेको कोभिड १९ अस्थाई अस्पतालमा ५ जना, प्रादेसिक अस्पताल जनकपुरमा ५ जना र महोत्तरी जिल्लाको जलेश्वर अस्पतालमा ३ गरी कुल २५ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


देश काल
देश काल

देश काल

देश काल
९ मिनेट अगाडि
टिकटक, फेसबुकप्रति कडा बन्दै धनुषा प्रहरीः टिकटकमा आपत्तिजनक भिडियो बनाएका जनकपुरका पासवान पक्राउ६ घण्टा अगाडि
जनकपुरमा पसल तोडफोड गरेको आरोपमा जनकपुरका पूर्व पत्रकार ध्रुव झा पक्राउ८ घण्टा अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए९ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान११ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि२१ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…