नेपालमा आज ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७७२ पुगे
जसमध्ये ३५ जना मात्र प्रदेश २ का रहेका छन् ।

२०७७ जेठ १३ मंगलबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा आज थप ९० जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । जसमध्ये ३५ जना मात्र प्रदेश २ का रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२, नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…