गैर आवासीय मधेशी संघ यूएईका उपाध्यक्ष ई. जयसवाललाई मातृशोक
न्यूज ब्यूरो, युएई । विदेशमा छरिएर रहेका मधेशी समुदायको छाता सँगठन गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष राकेश जयसवाललाई मातृशोक परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ३ बस्ने जयसवालकी आमाको ६५ वर्षको उमेरमा निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्दै आएका उनकी आमाको उपचारको क्रममा टि

२०७७ जेठ १२ सोमबार, राति १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, युएई । विदेशमा छरिएर रहेका मधेशी समुदायको छाता सँगठन गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष राकेश जयसवाललाई मातृशोक परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ३ बस्ने जयसवालकी आमाको ६५ वर्षको उमेरमा निधन भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्दै आएका उनकी आमाको उपचारको क्रममा टिचिँग हस्पिटल काठमान्डौंमा निधन भएको जनाइएको छ ।
केही दिनदेखि विरामी परेकी उनकी आमा जयमाला देवी जयसवालको उपचार टिचिँगमा भइरहेको थियो । उनको २०७७ साल जेठ १२ गते सोमबार निधन भएको हो ।
उपाध्यक्ष जयसवाललाई मातृशोक परेपछि गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहा , संघका युएई अध्यक्ष सँजय कर्ण सहितका अन्य पदाधिकारीहरुले शोक व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…