जनकपुरः ट्रयाक्टरको ठक्करले एक महिलाको घटनास्थलमै मृत्यू !
भोली पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।

२०७७ जेठ १२ सोमबार, राति ९:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिलालाई ट्रयाक्टरलाई ठक्कर दिदा घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा आज साँझ ट्रयाक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सबैला र रघुनाथपुरको बीचमा रहेको सशस्त्र बेस क्याम्प नजिक साँझ करिब ७ः३० बजेको समयमा अनटेस्ट (नम्बर नभएको) ट्रयाक्टरले ठक्कर दिएपछि स्थानीय ४२ बर्षिय सुमित्रा देवी साह तेलीको मृत्यू भएको हो ।
साँझ आएको हावाहुरीबाट बच्नको लागि खेतबाट घरतर्फ भाग्दै गर्दा अँध्यारोमा ट्रयाक्टरले ठक्कर दिएको बुझिएको छ । उनको घटनास्थलमै मृत्यू भएको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय सबैलाका अनुसार तीव्र गतिमा रहेको ट्रयाक्टरले तेलीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रयाक्टर चालक सबैला नगरपालिका वडा नं. १२ बरकुरबा बस्ने अन्दाजी वर्ष २२ का शम्भु सदा प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
मृतक तेलीको शवको पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको जनाइएको छ । भोली पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…