५०० बढी परिवारलाई राहत
पहिलो चरणको राहतमा ३ सय ३४ घरपरिवारलाई राहत बाँडेको थियो ।
२०७७ जेठ ९ शुक्रबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१ कार्यालयले बन्दाबन्दीबाट गुजारा गर्न कठिन भएका ५ सय २० घरपरिवारलाई राहत बितरण गरिरहेको छ ।
वडाले आज बितरण गरेको दोस्रो चरणको राहतमा २ सय १ घरपरिवारलाई राहत बितरण गरेको हो ।
भोलि बाँकी ३ सय १९ घरपरिवारलाई राहत बितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिनुभयो ।
वडा कार्यालयले घरपरिवारको आधारमा राहतलाई दुई भागमा बाँडेर बितरण गरिरहेको छ ।तीन जना सदस्य सम्मको घरपरिवारलाई वडा कार्यालयले २० किलो चामल र तीन जना भन्दा बढी सदस्य रहेको घरपरिवारलाई ३० किलो चामल बितरण गरिरहेको छ ।
राहतमा अरु सामग्रीहरुमा प्रत्येक परिवारलाई दुई किलो दाल ,१ लिटर तेल,१ किलो नुन ,२५० ग्राम स्वाबिन र एउटा हात धुने साबुन बितरण गरिरहेको छ ।
वडा कार्यालयले यस भन्दा अगाडि पहिलो चरणको राहतमा ३ सय ३४ घरपरिवारलाई राहत बाँडेको थियो ।
त्यस्तै स्थानीय एउटा संस्था पथलैया युवा समाजसँग सहकार्य गरेर वडा कार्यालयले १ सय ९ घरपरिवारलाई राहत बितरण गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…