अब जनकपुर र राजविराजमै ठुलो 'RT-PCR' मेसिन, एकैदिनमा कति टेस्ट हुने ?
परीक्षण कार्य भने सोमबारदेखि मात्र सुरु हुने जनाइएको छ ।

२०७७ जेठ ९ शुक्रबार, दिउँसो २:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना सम्बन्धी चेकजाँच गरिने मेसिन जनकपुरमा ल्याइएको छ । जनकपुरमा पहिलो पटक आरटी पिसिआर (Real-time polymerase chain reaction) मेसिन ल्याइएको हो ।
जनकपुरको प्रादेशिक अस्पतालमा आज प्रदेश सरकारले ठुलो आरटी पिसिआर मेसिन ल्याएको हो । यसअघि जनकपुरमा यस्तो मेसिन भने आएको थिएनन् ।
यसअघिका मेसिनहरु पिसिआर टेस्ट गर्ने मेसिन भएपनि दोस्रो पटक फेरिएको थियो । नतिजामा गडबड भएपछि पिसिआर टेस्ट रोकिएको थियो ।
आज (शुक्रबार) प्रदेश नं. २ को जनकपुर प्रादेशिक अस्पताल र राजविराजको गजेन्द्र नारायण सिँह सागरमाथा अस्पतालको लागि कोरोना टेस्ट हेतु आरटी मेसिन ल्याइएको हो ।
जनकपुरको लागि आजै अनलोड गरिएको प्रदेश २ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले जानकारी दिएका हुन् । उनका अनुसार आउँदो सोमबारदेखि दुवै ठाउँमा मेसिन सुचारु हुनेछ ।

मिश्रका अनुसार, यो आरटी मेसिनले एक पटकमा ९७ जनाको पिसिआर टेस्ट गर्न सकिने छ भने दैनिक ३ समय गरिए करिब २ सय ५० जनाको गर्न सकिने छ ।
यता, यस सन्दर्भमा टेक्नीकल अन्य जानकारीको लागि प्रादेशिक अस्पताल जनकपुरका ल्याब प्रमुख डा. राम विनय साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।
जनकपुरमा जडान कार्य आजैदेखि सुरु हुने जनाउँदै परीक्षण कार्य भने सोमबारदेखि मात्र सुरु हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…