लकडाउनमा नेपाल फँसेका विद्यार्थी भन्छन्- “नेपालमै इन्टर्नसीप मिलाउनुपर्छ”
नियम बमोजिम नेपालमै आफ्नो इंटर्नशिप लिन असक्षम रहेको बताइएको छ ।

२०७७ जेठ ८ बिहीबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चीनमा पढने विद्यार्थीहरुले नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गरेको छ ।
विश्व महामारीको रुपमा आएको कोरोना भाइरस कोभिड–१९ लाई लिएर आफ्नो देश फर्केका नेपाली विद्यार्थीहरुले चीनमा कक्षा सुरु भई प्रि इन्टर्नसीप समेत सुरु भएको भन्दै कलेजले नेपालमै त्यसको व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।
कोरोना भाइरसका कारण आफ्नो देश फर्केका विद्यार्थीहरु दुवै देशमा लकडाउनभएको अवथामा नेपाल आएपछि लकडाउनमै फँसेपनि चीनमा कलेजे इन्टर्नसीप सुरु गरेको जनाइएको छ ।
एमबिबिएसको अन्तिम वर्षमा पढने विद्यार्थीहरुले लकडाउनका कारण र महामारीका कारण प्रि–इन्टर्नसीप र इन्टर्नसीप दुवै गुमाइसकेको जनाइएको छ ।
चीनमा उनीहरुले पढने युनिभर्सीटीले इन्टर्नशिप र प्रि–इंटर्नशिप चीनमा बस्ने विद्यार्थीहरूलाई लिएर गर्ने घोषणा गरेको बताउँदै आफूहरु लकडाउनमा फँसेकोले अहिलेकै अवस्थामा चीन जाने कुनै विकल्प नभएको भन्दै नेपालमै व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
विदेशबाट स्नातक भएका नेपाली चिकित्सा विद्यार्थीहरूको इंटर्नशिपको लागि नेपाल सरकारको नियम बमोजिम नेपालमै आफ्नो इंटर्नशिप लिन असक्षम रहेको बताइएको छ ।
“त्यहाँ सयौं विद्यार्थीहरू छन् जसले यस वर्ष आफ्नो अन्तिम व्यावसायिक परीक्षा उत्तीर्ण गरेका छन् र यस कारणले गर्दा उनीहरूको घरमा फसेको छ,हाम्रो विनम्र अनुरोध छ कि नेपाल मेडिकल काउन्सिल र नेपाल सरकारले कानुनमा केही संशोधन गरेर वा नेपलमा बस्ने विद्यार्थीहरूको लागि केही विशेष प्रावधान गरेर हाम्रो संस्थाका इन्टरशिप र प्रि–इंटर्नशिपमा सामेल हुन सहयोग गर्नुहोस्। अभूतपूर्व विश्वव्यापी सँकटको समयमा आफ्नै देश र हाम्रो देशको सेवा गर्ने मौका दिन आग्रह छ ।”– विद्यार्थीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…