नेपालमा कोरोना संक्रमितको संख्या ४५४ पुग्यो
संक्रमितमध्ये ३ सय ८४ जना पुरुष र ७० जना महिला रहेका छन् ।

२०७७ जेठ ८ बिहीबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५४ पुगेको छ ।
झापामा ८ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँग संक्रमित संख्या ४५४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।
यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, दाङमा पनि एकजना संक्रमित भेटिएका छन् ।
संक्रमितमध्ये ३ सय ८४ जना पुरुष र ७० जना महिला रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…